EduPress
'

शिक्षा पत्रकारका दुई संस्था एकीकृत

Author Image
बुधवार, असोज १५, २०८२
Education Journalists
Text Size:

काठमाडौँ । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारका दुई संस्था — शिक्षा पत्रकार समूह र शिक्षा पत्रकार समाज — एकीकरणको दिशामा अघि बढेका छन्।

संस्थाका पूर्वअध्यक्ष प्रकाश सिलवाल र सुदर्शन सिग्देलको सहजीकरणमा भएको वार्तापछि समूहकी अध्यक्ष निर्जला कक्षपति, वरिष्ठ उपाध्यक्ष जनक नेपाल, महासचिव रोशन गाउँले क्षेत्री र समाजका अध्यक्ष देवीप्रसाद सापकोटा, महासचिव श्याम तण्डुकार तथा सचिव लक्ष्मीप्रसाद ढकालबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

समूहले दिवंगत पूर्वमहासचिव शेषकान्त पण्डितको स्मृतिमा वार्षिक पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ। समूहको २६औं वार्षिक साधारण सभाले उक्त सहमतिलाई अनुमोदन गरेको छ भने समाजले पनि क्रमशः आन्तरिक प्रक्रिया पूरा गरी समायोजन गर्ने जनाएको छ।

शिक्षा पत्रकार समूहको २६औं वार्षिक साधारण सभा आइतबार अनामनगरस्थित सभाहलमा सम्पन्न भएको थियो। सभामा सल्लाहकार प्रा. डा. विद्यानाथ कोइराला, पूर्वअध्यक्षहरू सुदर्शन घिमिरे, प्रकाश सिलवाल र सुदर्शन सिग्देल लगायतले बदलिँदो परिवेशमा शिक्षाका मुद्दा सशक्त रूपमा उठाउनुपर्ने सुझाव दिएका थिए।

सभामा समूहकी अध्यक्ष निर्जला कक्षपतिको अध्यक्षता रहेको थियो। महासचिव रोशन क्षेत्री गाउँलेले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सविना बानियाँको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको सचिव प्रज्ञा तिमल्सिनाले जानकारी दिइन्।

हाल समूहमा शिक्षा बीटमा सक्रिय ३७ पत्रकार सदस्य रहेका छन् भने सातै प्रदेशमा समन्वय समितिहरू क्रियाशील छन्। साधारण सभाले समान प्रकृतिका अन्य संघ–संस्थाहरूसँग एकता र सहकार्य विस्तार गर्ने निर्णय समेत गरेको छ।

Views: 6

प्रतिक्रिया

सम्बन्धित खबर