EduPress
'

जेन-जी आन्दोलनले ८९ स्थानीय तह ध्वस्त, १२४ मा सामान्य क्षति

Author Image
बुधवार, असोज १५, २०८२
Text Size:

काठमाडौं । भदौ २३ र २४ मा भएका जेन-जी आन्दोलनका कारण देशभरका एक सय २४ स्थानीय तहमा क्षति पुगेको पाइएको छ। तीमध्ये ८९ स्थानीय तह पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३५ तहमा आंशिक क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालका अनुसार सरकारले क्षतिको विवरण संकलन सुरु गरिसकेको छ। उनका अनुसार धेरै स्थानमा भवन, सवारीसाधन, फर्निचर र पढाइका सामग्री नष्ट भएका छन्। कास्की र चितवनका शिक्षा विकास तथा समन्वय एकाइहरू समेत पूर्ण रूपमा ध्वस्त भएका छन्।

प्रदेशगत रूपमा लुम्बिनी र मधेस प्रदेशमा बढी क्षति पुगेको छ भने काठमाडौं, पोखरा, वीरगन्ज र धनगढी जस्ता सहरी क्षेत्र पनि प्रभावित भएका छन्।

यद्यपि, पठनपाठनमा भने ठूलो असर नपरेको बताइएको छ। देशभरका ३६ हजारभन्दा बढी विद्यालयमध्ये करिब सात सय विद्यालयमा मात्र पढाइ रोकिएको छ। चाडपर्वका कारण विद्यालयहरूमा बिदा भएकाले क्षति न्यून भएको ढकालले बताए।

बैकल्पिक माध्यमबाट पढाइ निरन्तर राख्नेमा ७५ पालिका सक्रिय देखिएका छन्, जसमा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पालिकाहरू अगाडि छन्। युनिसेफ र सेफ द चिल्ड्रेनजस्ता संस्थाको सहयोगमा ती क्षेत्रमा पढाइ जारी राखिएको केन्द्रले जनाएको छ।

सरकारले सबै विद्यालयमा मनोसमाजिक परामर्श सेवा उपलब्ध गराउने र विपद्‌पीडितका लागि विद्यालय भवनलाई अस्थायी आश्रयको रूपमा प्रयोग गर्ने तयारी गरेको छ।

Views: 13

प्रतिक्रिया

सम्बन्धित खबर