EduPress
'

दशरथचन्दमा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान

Author Image
मङ्गलवार, कार्तिक १८, २०८२
Text Size:

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

आज सार्वजनिक गरिएको १५ दिने सूचनामा इच्छुक उम्मेदवारले आफ्नो दरखास्तसँगै विश्वविद्यालयको भावी दृष्टिकोण, अवधारणा तथा रणनीतिक योजना समावेश गरिएको रणनीतिक पत्र समेत पेस गर्नुपर्ने उल्लेख गरिएको छ।

साविकको गेटा मेडिकल कलेज हाल सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालनमा रहेको छ।

प्रतिक्रिया