EduPress
'

हिमालय राष्ट्रिय माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Author Image
मङ्गलवार, कार्तिक २५, २०८२
Text Size:
  • जगत वाशिष्ठ

कैलाली । कैलालीको अमरावतीमा रहेको हिमालय राष्ट्रिय माध्यमिक विद्यालयले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका विभिन्र समूहबीच प्रतिस्पर्धा भएकाे थियाे । जसअनुसार रेड हाउस प्रथम, एलो हाउस द्वितीय र ब्लु हाउस तृतीय भएका थिए ।

प्रथम हुनेमा रेड हाउसबाट विद्यार्थी पुष्पा न्यौपाने, एञ्जिल साउद, रोशन भण्डारी र वीरेन्द्र रोकाय रहेका थिए भने द्वितीय हुनेमा एलो हाउसबाट विद्यार्थी हितेश न्यौपाने, विशाल विक, हिना चौधरी र एलिजा चौधरी रहेका थिए । त्यस्तै तृतीय हुनेमा ब्लु हाउसबाट  निर्मला न्यौपाने, दिपक ढुन्केल, आदित्य उपाध्याय र हिमाल विक रहेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण अधिकारी विजयी प्रतियाेगी तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाइ बधाइ दिँदै यसले विद्यार्थीमा पठन उत्साह बढ्ने बताएका थिए । त्यस्तै विद्यालयका शिक्षक हर्कप्रसाद देवकोटाले प्रतियोगितामा विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थीलाई विद्यालयको तर्फबाट बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै शिक्षक अभिभावक संघका संयोजक विनोद भण्डारीले अनुशासनले बालबालिकालाई गन्तव्यमा पुग्नको लागि सही मार्गमा डोर्याउन अभिप्रेरित गर्ने भएकाले सकारात्मक बुझाइको लागि यस्ता कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गर्नुभयाे ।

विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्रराज ओझाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्रश्नवाचन शिक्षक हर्कप्रसाद देवकोटा, अङ्क लेखन केशर टमट्टा र समय पालकको निर्मला रावलले गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन आधारभूत तह प्रमुख रामबहादुर भुलले गरेका थिए ।

प्रतिक्रिया