EduPress
'

त्रिविमा युवा विद्यार्थीहरुको सबैभन्दा ठूलो विजनेस एक्स्पो हुँदै

Author Image
मङ्गलवार, कार्तिक २५, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विद्यार्थीहरुले नेतृत्व गरेका व्यवसायहरुको बृहत प्रदर्शनी हुने भएको छ । त्रिवि स्कूल अफ म्यानेजमेन्टको २४ औं व्याजका विद्यार्थीहरुको आयोजनामा यो प्रदर्शनी आयोजना हुन लागेको हो ।

यही कार्तिक २६ गते हुने उक्त बृहत प्रदर्शनीमा विद्यार्थीहरुले नै सञ्चालन गरेका २५ भन्दा बढी व्यवसायका स्टलहरु रहने आयोजकले जनाएको छ । इनोभेट, कनेक्ट एण्ड ग्रो भन्ने मुख्य थिममा आधारित भइ आयोजना गरिएको एक्स्पोमा उद्यमशीलता र नवप्रवर्तनका विभिन्न शिर्षकमा प्यानल छलफल समेत गरिने बताइएको छ । यस एक्स्पो मार्फत नविन दीगो उद्यमशीलता पत्ता लगाइने, विद्यार्थीहरु, उद्यमीहरु र नेताहरुबीचको नेटवर्क जोड्ने, युवा विद्यार्थीहरुका सिर्जनशील उद्यम तथा सोचलाई सबैका सामु प्रस्तुत गर्ने र नेपालको सामाजिक उद्यमशीलता आन्दोलनको महत्वपूर्ण भाग बन्ने उद्देश्य यो एक्स्पोले लिएको छ ।

एक्स्पोमा नविन उद्यमशीलताको खोजीमा रहेका विद्यार्थीहरुका प्रोजेक्ट विचारहरु प्रस्तुत गरिने बताइएको छ । त्यस्तै क्राफ्ट, फूड, फेसन र कृषि क्षेत्रमा सम्लग्न महिला उद्यमीहरु, नवप्रवर्तन क्षेत्रमा लागेका तीस वर्ष मुनिका युवाहरु, सहकारी, ह्वान्डीक्राफ्ट र स्थानीय सामुदायिक उद्यमशीलता तथा यस क्षेत्रमा सम्लग्न उद्यमी समूह, संघ संस्थाहरुको समेत एक्स्पोमा सहभागिता रहने आयोजकले जनाएको छ ।

आयाेजक समितिका सदस्य तथा एमबिए चाैथाे सेमेस्टस्टरका विद्यार्थी उत्कृष्ट बरालले यो युवा विद्यार्थीद्वारा सञ्चालित नेपालकै ठूलो विजनेस एक्स्पो हुने आयोजकले दावी गरे । साथै उनले यसले सकारात्मक उद्यमशीलताकाे वातावरण बन्ने र युवा विद्यार्थीहरूमा विजनेस साेच फैलाउन सहयाेग पुर्याउने दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खबर