काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले ‘कमाउँदै पढ्दै’ नीति कार्यान्वयनको तयारी तीव्र बनाएको छ। अाज
भएको त्रिवि सभामा यस्तो नीति प्रस्तुत गरिएको हाे ।
त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालले सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा समेटिएको यो योजनाअनुसार कक्षा कार्ययोजना तयार गरी लागू गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्।
त्रिवि सभामा प्रस्तुत गरिएको कार्यक्रम अनुसार कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा पहिलो चरणमा याे कार्यक्रम लागू हुनेछ। अरू अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः विस्तार गरिने छ।
व्यावसायिक साझेदारी बढाउन व्यवसायीहरूसँग ज्ञान, उत्पादन, अनुसन्धान र पूर्वाधार निर्माणमा सहकार्य गर्ने त्रिविको तयारी रहेको उपकुलपति अर्यालले जानकारी दिए।


