EduPress
'

धनगढीमा नेपालको उच्च शिक्षाका चुनौतीमाथि बृहत अन्तरक्रिया

Author Image
शुक्रवार, मंसिर १२, २०८२
Text Size:

कैलाली । धनगढीमा नेपालको उच्च शिक्षाका विद्यमान चुनौतीहरू विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कैलाली बहुमुखी क्याम्पस, धनगढीको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सूदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघका सभापति डा. राजेन्द्रवीर चन्दले नेपालको उच्च शिक्षाका विद्यमान चुनौतीहरू विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि विभिन्न वक्ताहरुले आआफ्ना धारणा राखेका थिए । साथै सोही अन्तरक्रिया कार्यक्रममा KMC Journal, Vol.7, Issue 2 (August 2025) नामक जर्नल पनि विमोचन गरिएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तज्यूको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाको समेत उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई क्याम्पसका सहप्राध्यापक डा. शिवप्रसाद सापकोटाले स्वागत गरेका थिए । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका अन्तराष्ट्रिय सम्बन्ध प्रमुख डा. यदुप्रसाद ज्ञवाली सहित प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत थुप्रै वक्ताहरुले आफ्ना विचार व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया