काठमाडाैं । काठमाण्डौ विश्वविद्यालयमा अध्ययनरत १७ देशका १९६ विदेशी विद्यार्थीसहित २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन । विश्वविद्यालयकाे ३१ अाैं दीक्षान्त समाराेहमा उनीहरू दीक्षित भएका हुन् ।
समारोहमा विश्वविद्यालयको स्कूल अफ आर्टसका ८३ जना, स्कूल अफ एजुकेसनका २ सय ९४, स्कूल अफ इन्जिनियरिङका ३ सय ४०, स्कूल अफ लका ३६, स्कूल अफ मेनेजमेन्टका ३ सय ७८, स्कूल अफ मेडिकल साइन्सेजका ८ सय ८१ र स्कूल अफ साइन्सका १ सय ९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी यस पटक दीक्षित भएको केयूका उपकुलपति प्रा.डा अच्युत वाग्लेले जानकारी दिए ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना छन् । दीक्षित हुनेहरीमा पुरुष ५२ दशमलव २४ प्रतिशत अर्थात १ हजार १ सय ५४ जना रहेका छन् भने महिला ४७ दशमलव ७६ प्रतिशत एक हजार ५५ जना रहेका छन ।
काठमाडाैं विश्वविद्यालयमा दीक्षित हुनेमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना विदेशी विद्यार्थी सामेल छन् ।
काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स् अफ फिलोसेफी बाइ रिसर्च इन म्याथम्याटिक्समा १ जना र ब्याचलर अफ साइन्स इन अग्रिकल्चर मा २९ जना दीक्षित भएका छन् । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर्स् अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भएका छन् ।
स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कयास्टिलानो मेन्चासालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरब सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमविए तहमा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेटमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३।९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दंगाललाई प्रदान गरिएको छ ।
त्यस्तै स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८२ दशमलव १७ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, स्नातक तह ९स्कुल अफ म्यानेटमेन्ट० मा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९९ प्रतिशत प्राप्त गर्ने स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र ब्याचलर अफ बिजनेस मेनेजमेन्ट र ब्याचलर अफ ल कार्यक्रममा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ३९ प्राप्त गर्ने स्कुल ल का आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको छ ।
काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्म दीक्षित हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ। त्यसमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन्। दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका छन्। यस अवधीमा भारतका चार हजार ९७६ विद्यार्थी दीक्षित भएका हुन्।
त्यस्तै, श्रीलङ्काबाट ३९९, अमेरिकाबाट ८५, माल्दिभ्स ७५, जर्मनी ३३, बङ्गलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रेलिया १०, रुस १० जना छन्। हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएका छन् ।




