EduPress
'

नारायण गोपालको गीत गाएर ९ कक्षाका साकार शाही भए जिल्लाकै प्रथम

Author Image
शुक्रवार, मंसिर २६, २०८२
Text Size:

रुपन्देही । रुपन्देही जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच गायन प्रतियोगिता सम्पन्न भएको छ । गायन प्रतियोगीतामा न्यु होराइजन बोर्डिङ स्कूलका विद्यार्थी साकार शाही प्रथम भएका छन् । नारायण गोपालको “बनै खायो डढेलोले…” बोलको गीत गाएर शाहीले निर्णायकहरुको मन जितेका हुन ।

प्रतियोगीतामा प्रथम हुने न्यु होराइजनमा कक्षा ९ अध्ययनरत विद्यार्थी साकार शाहीले पुरस्कार स्वरुप १० हजार रुपैँया र ट्रफी प्राप्त गरेका छन् । गायन क्षेत्रमा अत्यन्त रुची राख्ने शाहीको मेहनत र लगावले संगीतमा उनको भविष्य उज्वल रहेको न्यू होराइजन स्कूलका संगीत शिक्षक विशाल थापाले बताए । प्रतियोगीतापछि शाहीले भने, “पाका पुस्ताको गीत गाउन सजिलो नभए पनि आफूले निकै महेनत गरेको बताए ।

त्यसैगरी प्रतियोगितामा अक्सफोड माविका विद्यार्थी दोस्रो, सैनिक आवासीय महाविद्यालयका विद्यार्थी तेस्रो र एक्स आर्मी स्कूल नयाँगाउका विद्यार्थीले चौथो स्थान हासिल गरे । रुपन्देही जिल्लास्थित तिनाउ इङ्लिस बोर्डिङ स्कूलले गायन प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर