EduPress
'

वैकल्पिक विद्यालय व्यवस्थापन सम्बन्धी कार्यशाला हुँदै

Author Image
मङ्गलवार, मंसिर ३०, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले वैकल्पिक विद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यशाला सञ्चालन गर्ने भएको छ ।

इकाइले यही पुस ८ गते काठमाडौंमा कार्यशालाको आयोजना गरेको छ । काठमाडौका सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत पदाधिकारीहरु, सबै वैकल्पिक विद्यालयका प्रधानाध्यापकहरुलाई कार्यशालामा उपस्थित हुनका लागि इकाले पत्राचार गरिसकेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख डा. सामन्तमणि आचार्यले मंगलबार एक पत्र पठाउँदै काठमाडौं महानगरपालिकासहित सबै पालिकाहरुलाई अनिवार्य उपस्थिति गराइदिनका लागि आग्रह समेत गरेका छन् । त्यसैगरी वैकल्पिक विद्यालय संघ, नेपाललाई पनि त्यस संस्था मातहतका विद्यालय भएमा उपस्थित गराइदिन आग्रह गरिएको छ । काठमाडौंको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयमा पुस ८ गते बिहान ११ बजे अभिमुखीकरण कार्यशाला सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर