अछाम । अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया बालिका अपहरणमा परेकी छन्। बान्नीगढी जयगढ गाउँपालिका–स्थित जयगढको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत ती किशोरी बिहीबार अपहरणमा परेकी हुन्।
प्राप्त जानकारीअनुसार विद्यालय छुट्टी भएपछि घर फर्किन लागेकी किशोरीलाई विद्यालय पोशाकमै रहेका बेला रामारोशन गाउँपालिका–७ का ३५ वर्षीय सन्तोष ऐडीले “घर पुर्याइदिन्छु” भन्ने बहानामा मोटरसाइकलमा ललाईफकाई अपहरण गरी लगेका हुन्।
घटनापछि परिवारजनले खोजतलास सुरु गर्नुका साथै प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले घटनाको अनुसन्धान तथा अपहरणमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाएको जनाएको छ।


