भाेजपुर । २३ वर्षको उमेरमै आफ्नै अध्ययनस्थलमा नेतृत्व पाएका युवा शिक्षक सुशील बस्नेत चर्चा बटुलिरहेका छन्।
भोजपुरको टेम्केमैयुङ-खावा स्थित जनता आधारभूत विद्यालयमै उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका हुन् । जहाँ उनी आफैंले विद्यार्थी जीवन बिताएका थिए। आफ्नै विद्यालयलाई अगाडि बढाउने अवसर पाउनु उनको लागि गर्वको कुरा भएको बताइएको छ।
सुशीलका शिक्षक साथी र विद्यालय समुदायले उनको यो उपलब्धिलाई प्रेरणादायी र उदाहरणीय भनी स्वागत गरेका छन्।


