EduPress
'

नेपालका बिभिन्र सहर पुगेर ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ सम्पन्न

Author Image
आइतवार, माघ १८, २०८२
Text Size:

काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने चाहना बोकेका नेपाली विद्यार्थीहरूका लागि लक्षित ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ नेपालका पाँच प्रमुख सहरमा सफलतापूर्वक सम्पन्न भएको छ। माघ ९ गते काठमाडौँबाट सुरु भएको यो शैक्षिक अभियान पोखरा, चितवन र बुटवल हुँदै ललितपुरको कुमारीपाटीस्थित शाखामा पुगेर औपचारिक रूपमा टुंगिएको हो।

ग्लोबल एजुकेशन सर्भिसेस प्राल (ग्लोबल रीच) को आयोजनामा सम्पन्न मेलाले विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता पाएको आयोजकले जनाएको छ। पछिल्ला वर्षहरूमा आयोजना हुँदै आएका यस्ता मेलामध्ये यसलाई सबैभन्दा प्रभावशाली र पहुँचयुक्त शैक्षिक कार्यक्रमको रूपमा लिइएको छ।

मेलाको क्रममा अष्ट्रेलियाका ३० भन्दा बढी नाम चलेका विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग नेपाली विद्यार्थीहरूले प्रत्यक्ष संवाद गर्ने अवसर पाए। आफ्नो शैक्षिक पृष्ठभूमि, रुचि र भविष्यको करियर योजनाअनुसार उपयुक्त अध्ययन कार्यक्रम छनोट गर्न सक्ने गरी तीन हजारभन्दा बढी छात्रवृत्ति तथा अध्ययन विकल्पबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

सूचना आदान–प्रदानमा मात्र सीमित नरही, मेला भिसा प्रक्रिया, अष्ट्रेलियाको वर्तमान शिक्षा नीति, अध्ययनपछिको रोजगारी सम्भावना लगायत विषयमा विशेषज्ञ परामर्श लिने साझा मञ्चका रूपमा विकसित भएको थियो। यसले विदेश अध्ययनको विषयमा विद्यार्थीहरूमा रहेको अन्योल र द्विविधा कम गर्न उल्लेखनीय सहयोग पुर्‍याएको आयोजकको दाबी छ।

विशेषगरी, मेधावी तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि १० देखि १०० प्रतिशतसम्मको छात्रवृत्ति प्राप्त गर्न सकिने अवसर र त्यससम्बन्धी स्पष्ट मार्गदर्शन मेलाको आकर्षक पक्ष बनेको थियो। ग्लोबल रीचले देशका विभिन्न भूगोलमा पुगेर अन्तर्राष्ट्रिय शिक्षाबारे सही र विश्वसनीय जानकारी पुर्‍याउने उद्देश्य सफलतापूर्वक पूरा भएको जनाएको छ।

प्रतिक्रिया