EduPress
'

नवनियुक्त प्रधानाध्यापकहरूलाई पानले गर्याे सम्मान तथा अभिमुखीकरण

Author Image
बिहिवार, फागुन ६, २०८२
Text Size:

सुर्खेत । प्रधानाध्यापक संघ नेपाल (पान) सुर्खेतको आयोजनामा नवनियुक्त प्रधानाध्यापकहरूलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ। सुर्खेतकाे बिरेन्द्रनगर र गुर्भाकाेट नगरपालिकामा दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनबाट नियुक्त भएका करिब दुई दर्जन प्रधानाध्यापकहरूलाई लक्षित गरी आयोजना गरिएको हो।

कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकहरूलाई PAN का नेतृत्वद्वारा टीका तथा खादा लगाई सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो। प्रमुख अतिथि श्रेष्ठले PAN को उद्देश्य, भूमिका र भावी कार्यदिशाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। उनले शैक्षिक नेतृत्व सुदृढीकरण, संस्थागत सशक्तीकरण र क्षमता विकासलाई संघको प्राथमिकता रहने उल्लेख गरे ।

सम्मानित प्रधानाध्यापकहरूले संघप्रति आभार व्यक्त गर्दै आगामी दिनमा क्षमता अभिवृद्धिसम्बन्धी तालिम तथा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए।

कार्यक्रमसँगै PAN सुर्खेतले जिल्ला नेतृत्वमा समेत आंशिक हेरफेर गरेको छ। जसअनुसार जिल्ला सचिवमा तेजबहादुर शाही, कोषाध्यक्षमा डम्बर सोडारी, वीरेन्द्रनगर संयोजकमा नवीनकुमार कंडेल र गुर्भाकोट संयोजकमा बेदप्रकाश भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको छ। साथै, प्रदेश समिति कोषाध्यक्षमा मनोनयनका लागि कर्ण रावतलाई सिफारिस गरिएको जानकारी दिइएको छ।

कार्यक्रम जननमूना माध्यमिक विद्यालय, वीरेन्द्रनगरको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सचिव याम वि. श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यस्तै, प्रदेश सभापति नवराज घिमिरे विशिष्ट अतिथि तथा प्रदेश समिति सल्लाहकार खगेन्द्र थापा, प्रदेश महासचिव पूर्णप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो भने पान सुर्खेतका सभापति दुर्गा शाक्यको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खबर