EduPress
'

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षकविरुद्ध अख्तियारमा मुद्दा

Author Image
बुधवार, कार्तिक २६, २०८२
Text Size:

झापा । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्यापन गरेकाे अाराेपमा एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयका शिक्षक देवी निरौलामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट मध्यमा परीक्षा उत्तीर्ण गरेको झुटा प्रमाणपत्र प्रयोग गरी विद्यालयमा प्रावि तह तृतीय श्रेणी शिक्षकको रूपमा नियुक्ति लिएका थिए।

अख्तियारका अनुसार उनले नक्कली प्रमाणपत्रको आधारमा तलब, भत्ता र अन्य सरकारी सेवा–सुविधा लिई भ्रष्टाचार गरेका छन्। आयोगले उनलाई कैद र जरिवाना गर्न माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पवक्ता राजेन्द्र कुमार पौडेलले एक विज्ञप्ति जारी गरी यसबारेमा जानकारी गराएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, “तृतीय तहको शिक्षक पदमा कार्यरत रही तलब, भत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधासमेत प्राप्त गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को दपदफा (१) वमोजिम परिभाषित कसूर गरेको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खबर