EduPress
'

मध्यपश्चिम विश्वविद्यालयमा सृजनात्मक लेखन कार्यशाला सम्पन्न

Author Image
सोमवार, मंसिर १, २०८२
Text Size:

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयले वीरेन्द्रनगरमा दुई दिने सृजनात्मक लेखन कार्यशाला सम्पन्न गरेको छ। कार्यशाला कार्तिक २८ देखि सुरु भएको थियो।

फाइन प्रिन्ट फिभरको संयोजनमा गरिएको यो कार्यक्रम घुम्ती साहित्य उत्सव शृङ्खलाको हिस्सा हो। कार्यशालामा अभिनेता राजेश हमाल, लेखक सुविन भट्टराई लगायतका स्रष्टाले सहजीकरण गरे। उनीहरूले विद्यार्थी र सहभागीहरूसँग आफ्ना–आफ्ना विधाका अनुभव एवं विषयवस्तु साझा गरे।

अभिनेता हमालले विश्वविद्यालय कला र सृजनाको खानी भएको बताए। उनले यस्ता कार्यक्रमले समाजमा साहित्यिक चेतना फैलाउन मद्दत गर्ने उल्लेख गरे।

कार्यक्रमका अध्यक्ष तथा कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयले यस क्षेत्रलाई शैक्षिक हवका रूपमा विकसित गर्ने लक्ष्य राखेको बताए। उनले रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यशालामा विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक तथा स्थापित लेखकहरू- डा. विष्णुकुमार खड्का, डा. लक्ष्मीप्रसाद आचार्य, डा. नवराज केसी, रमेश भुसाल, डा. रेशमबहादुर विष्ट, ददि सापकोटा र भूमिश्वर पौडेलले सहजीकरण गरेकाे  विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसीले दिए।

यसैबीच, अभिनेता हमालले आइतबार मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेज्मेन्टका विद्यार्थीलाई अतिथि कक्षा लिएर आफ्नो अनुभव र ज्ञान प्रदान गरेका थिए।

प्रतिक्रिया