काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभाका सन्दर्भमा साझा निर्णय तयार गर्न त्रिविका कर्मचारीहरुको साझा बैठक आइतबार बस्ने भएको छ ।
त्रिवि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले आइतबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए । उनले यही १० गते आयोजना गरिएको त्रिवि सभामा राख्नुपर्ने त्रिविका कर्मचारीका पेशागत हक हितका सवालमा यो बैठक केन्द्रित हुने बताए । उनले बैठकमा त्रिवि कर्मचारी संघ केन्द्रीय कार्यसमितिमा रहेका सम्पूर्ण सदस्यहरु, क्याम्पस कार्यालय एकाई समितिका पदाधिकारी, सदस्य तथा सम्पूर्ण कर्मचारीहरु सहभागी हुनेछन् ।


