EduPress
'

प्रअको यूट्यूव च्यानल आम्दानीबाट विद्यालयमा शिक्षक नियुक्ति

Author Image
बुधवार, मंसिर १०, २०८२
Text Size:

इलाम । इलामको एक विद्यालयका प्रधानाध्यापकले आफ्नो व्यक्तिगत यूट्युव च्यानलको आम्दानीबाट विद्यालयमा शिक्षक नियुक्त गरेका छन् ।

इलामको माई नगरपालिका ८ स्थित जनसिद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक वीरु पापो लिम्बुले आफ्नो यूट्युब च्यानलको आम्दानीबाट शिक्षक नियुक्त गरेका हुन् । विद्यालयमा शिक्षक अभाव भएको र कार्यरत शिक्षक पनि विदामा बसेपछि लिम्बुले आफ्नो व्यक्तिगत च्यानलको आम्दानीबाट शिक्षक नियुक्त गरेको जनाएका छन् ।

विद्यालयकी शिक्षक दिलकुमारी राई बिदामा रहेकाले पठन–पाठन प्रभावित नहोस् भन्ने उद्देश्यले अम्बिका लिम्बुलाई शिक्षक नियुक्त गरिएको विद्यालयले जनाएको छ।

डिजिटल माध्यमबाट भएको कमाइबाट विद्यालयको पठनपाठनमा सहयोग गरेको भन्दै स्थानीयले प्रअ लिम्बुको प्रशंसा गरेका छन् । प्रअ लिम्बुले Hit TV Nepal नामक यूट्यूव च्यानल चलाउँदै आएका छन् । विद्यालय समय वाहेककाे समय उपयाेग गरेर लिम्बुले उक्त च्यानलमा त्यस क्षेत्रमा भए गरेका विभिन्न समसामयिक घटनाक्रम, रोचक जानकारी तथा विभिन्न विषयहरु समेट्ने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खबर