EduPress
'

ओलीले रोकेको त्रिविको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

Author Image
बुधवार, मंसिर १०, २०८२
Text Size:

काठमाडौं । गत असार २६ गते रोकिएको त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम आज आउने भएको छ । कीर्तिपुरस्थित विश्वविद्यालयमा आज हुने सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो । विश्वविद्यालयकी कूलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने भएको हो।

त्रिविका उपकूलपति दीपक अर्यालले सभामा त्रिविको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्ररम रहेको बताएका छन्र । उनले बिहान ११ बजेबाट सभा सुरू हुने जानकारी पनि दिए । प्रम कार्कीले पहिलोपटक त्रिवि सभाको अध्यक्षता गर्ने भएकी छन् ।

त्रिविको सभा गत असार २६ गते तोकिएको थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सभामा नीति तथा कार्यक्रम रोकिएको थियो । तत्कालीन प्रम ओलीले त्यतिबेला वजेट मात्रै प्रस्तुत गर्न दिएर नीति तथा कार्यक्रम रोकेका थिए ।

असार २६ गतेको सभामा त्रिविका रजिस्ट्रार प्रा।डा। केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया