EduPress
'

कक्षा १२ को पुरक परीक्षाफल सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थीको ग्रेड बढ्याे

Author Image
आइतवार, कार्तिक २३, २०८२
National-Examination-Board
Text Size:

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आईतबार सार्वजनिक नतिजाअनुसार कुल ७३ दशमलब ४१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

गत असोज ७ र ८ गते सम्पन्न परीक्षामा एक लाख चार हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ७६ हजार तीन सय ६७ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने चार जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।

यसअघि साउन १९ गते सार्वजनिक गरिएको नियमित परीक्षाको नतिजामा ६१ दशमलब १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । नियमित परीक्षामा तीन लाख ९६ हजार तीन सय ४७ जना र आंशिक परीक्षामा एक लाख १४ हजार छ सय ४० जना विद्यार्थी सहभागी भएका थिए ।

त्यसमध्ये नियमिततर्फ ११ जना र आंशिकतर्फ ६ जना गरी १७ जनाको परीक्षाफल रद्द गरिएको थियो । नियमिततर्फ दुई लाख ४२ हजार चार सय ६५ र आंशिकतर्फ ४१ हजार आठ सय ४० गरी कुल दुई लाख ८४ हजार तीन सय पाँच विद्यार्थी सबै विषयमा ग्रेडेड भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खबर