कास्की । छात्रामाथि जबरजस्ती करणीकाे विषयलाई लिएर पोखरा–२६ स्थित सिर्जना बहिरा माध्यमिक विद्यालयमा विद्यार्थीहरूले आन्दोलन गरेका छन्। उनीहरूले प्रधानाध्यापक सुनिल भण्डारीसहित केही शिक्षकको राजीनामा माग गर्दै एक सातादेखि अान्दोलन जारी राखेका हुन् ।
विद्यालयका बहिरा विद्यार्थीले दुव्यवहार भएको आरोप लगाउँदै न्यायको माग गरेका छन्। बोल्न र सुन्न नसक्ने विद्यार्थीमाथि दुर्व्यवहार हुनु मानवीयता विरुद्ध भएको उनीहरूको गुनासो छ।
केही समयअघि विद्यालयमा अध्ययनरत विद्यार्थी विजय विकलाई त्यहीँकी एक बहिरा छात्रामाथि जबर्जस्ती करणी गरेको आरोप लगाइएको थियो । विद्यालय प्रशासनले विजयलाई उनका अभिभावकलाई समेत जानकारी नदिई प्रहरीको जिम्मा लगाएको थियो । उक्त घटनामा विजयले सात महिनासम्म जेल जीवन बिताउनुपर्यो ।
केही महिनाअघि सोही विद्यालयका एक विद्यार्थीमाथि जबरजस्ती करणीको आरोप लागेको थियो। ती विद्यार्थीमाथि त्यही विद्यालयकी एक बहिरा छात्रामाथि जबर्जस्ती करणी गरेको आरोप लगाइएको थियो । अाराेपित विद्यार्थी हिरासतमा समेत परेका थिए। तर कास्की जिल्ला अदालतले प्रमाण नदेखिएको भन्दै उनलाई सफाइ दिएको थियाे । अदालतको निर्णयपछि अभिभावक र विद्यार्थीले ‘निर्दोषलाई फसाइयो’ भन्दै आन्दोलन थालेका हुन्। अदालतले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि विद्यार्थीले उनीमाथि षड्यन्त्र गरिएको बताएका हुन । ती विद्यार्थीका अभिभावकले विद्यालयमा व्याप्त भ्रष्टाचार र राजनीतिक पहुँचका कारण आफ्नो छोरालाई फसाइएको आरोप लगाएका छन् ।
ती विद्यार्थीले न्याय पाए पनि अन्य विद्यार्थीहरूमा ‘भोलि हामीलाई पनि फसाइन्छ कि’ भन्ने त्रास पैदा भएकोले आन्दोलन थालेको बताउँछन् । थियो । आन्दोलनमा उत्रेका विद्यार्थीहरूको मुख्य माग प्रधानाध्यापक सुनील भण्डारीसहित पाँचजना शिक्षक तथा कर्मचारीलाई सरूवा गरी कारबाही गर्नु पर्ने रहेको छ ।
जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले घटना झन्डै आठ महिनाअघिको भए पनि अहिले मात्र गम्भीर रूपमा सतहमा आएको बताए। विद्यालयको नियमन स्थानीय तहको अधिकारक्षेत्र भित्र पर्ने भएकाले पोखरा महानगर शिक्षा शाखा यसमा सक्रिय रहेको उनले जानकारी दिए। यस विषयमा कुरा गर्न सम्पर्क गर्दा महानगरका प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमा आउन चाहेनन्।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम आचार्यले भने यस विद्यालयमा जबरजस्ती करणीका दुई घटना दर्ता भएकाे बताए । एकमा अदालतले हालै सफाइ दिएको छ भने अर्काे जारी छ। केही विद्यार्थीले विद्यालय प्रशासनले आरोपित विद्यार्थीलाई गलत रूपमा फसाएको दाबी गरेका छन्।
आचार्यले भने, “विद्यार्थीहरू कक्षामा फर्किएका छैनन्। उनीहरूको माग प्रधानाध्यापक र केही शिक्षकलाई बर्खास्त गर्नुपर्छ भन्ने छ। छानबिन समितिको प्रतिवेदन आइसकेको छ । घटनाका बारेमा थप अध्ययन भइरहेको छ।” आज आन्दोलनको आठौं दिन भएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले घटना अत्यन्त संवेदनशील भएकाले विस्तृत जानकारी दिन नमिल्ने बताए। अनुसन्धान चलिरहेको उनले स्पष्ट गरे।
कास्की प्रहरीले भने हालको विद्यार्थी आन्दोलनबारे औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।
विद्यालयकी १३ वर्षीया एक विद्यार्थी चार महिनाको शिशुसहित रहेको र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको पनि खुलेको छ।
एक छात्राले नाम नखुलाउने शर्तमा भनिन्, “विद्यालयमा जे भयो, त्यो गलत भयो। चाहे विद्यार्थीबाट होस्, चाहे शिक्षकबाट दुवै पक्षबाट गल्ती भएको छ।”


