EduPress
'

विद्यालय स्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

Author Image
बिहिवार, मंसिर २५, २०८२
Text Size:

सुर्खेत । सुर्खेतको सिम्तामा माध्यमिक विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ। सिम्ता गाउँपालिका सुर्खेतको आयोजना र सोसेक नेपालको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यो प्रतियोगिता सम्पन्र भएको हो ।

प्रतियोगितामा वक्तृत्वकलाको शिर्षक “हिंसा विरुद्धको आवाज, विद्यालयदेखि सुरुवात” भन्ने शिर्षक दिइएको थियो । सिम्ता गापाको राकममा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १० वटा विद्यालयका सहभागीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडाआलिकी छात्रा कमला वि क प्रथम, बागेश्वरी मावी राकमका मनोज बहादुर रावल द्धितिय, सरस्वती मावी काँडासिम्ताका सन्दिप सुनार तृतीय र नेरामावी खेल्नेचौरका पुर्ण प्रकाश खड्का सान्त्वना स्थान हासिल गरेका छन।

कार्यक्रम सिम्ता गाउँपालिका महिला, बालबालिका इकाई प्रमुख पुष्पा रोकायको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को प्रमुख आतिथ्यता, वडा न ६ का वडाध्यक्ष गुलाब सिंह ठकुरी, वडा न ९ का वडा अध्यक्ष कविराज योगी, कार्यपालिका सदस्य राम बहादुर विक निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर राना लगायतको आतिथ्यतामा रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खबर