EduPress
'

अमूर्त गुणस्तरको रहर

Author Image
शुक्रवार, कार्तिक ८, २०८२
Text Size:
  • – प्रा.डा. विद्यानाथ कोइराला

 

अमूर्त बोलीको अभ्यास

हामी अमूर्त बोल्नमा खप्पिस छौं । दलैपिच्छेका शब्द संयोजनले त्यसै भन्छ । नेपाली कांग्रेसको समाजवादी शिक्षा । एमालेको जनमुखी शिक्षा । माओवादीको जनवादी शिक्षा । राप्रपाको राष्ट्रवादी शिक्षा । चन्दवादीको वैज्ञानिक समाजवादी शिक्षा । संविधानको समाजवाद उन्मुख शिक्षा । त्यो भनेको के हो ? यी शब्द बोक्नेहरुसँग यसको गहन अध्ययन छैन । उत्तर दिने सामथ्र्य पनि छैन । देश चलाउनेहरुसँग यी शब्दहरुको साझा सोच के हो भन्ने धारणा पनि बनेको छैन । यस अर्थमा हामी अमूर्त बोली बोल्ने मान्छेहरुको जमात हौं ।

अमूर्त बोल्ने बानीको निरन्तरता राष्ट्रिय गानमा पनि देखिन्छ । सधैं राष्ट्रिय गानमा भनिने शब्दको अर्थसम्म नजानी हामी घोकिरहेछौं । घोकाइरहेछौं । सार्वभौम । ज्ञानभूमि । शान्तिभूमि । अखण्ड । बहुलजाती । बहुल भाषा । बहुल धर्म । बहुल संस्कृति । अग्रगामी राष्ट्र« । कति जनाले बुझेका हौंला । दुर्भाग्य त अर्काे भेटिन्छ तब जब त्यही राष्ट्रिय गान घोकाउने व्यक्ति घोकन्ते शिक्षा भनेर सडकमा कराइरहेछौं । कति कक्षामा आएपछि विद्यार्थीले राष्ट्रिय गानको अर्थ बुझ्ला ? अथवा शिक्षकले बुझाउला ? कहिले विद्यार्थीले खोज्ला ? कहिले विद्यार्थीको सोचाइमा यी शब्दहरुको अर्थ खोज्ने रहर बन्ला ?

राजनीतिक दलहरु पनि यही घोकाउने काम गरिरहेका छौं । समाजवाद उन्मुख राज्य व्यवस्था । त्यो व्यवस्थामा के हुन्छ ? त्यो चाहिं भन्न सक्तैनौं । नेपाली कांग्रेसको लोकतन्त्रमा समाजवाद भनेको के हो ? बिपी कोइरालाले भने जस्तो साम्यवादमा प्रजातन्त्र थप्ने हो त ? त्यसो भए सरकार नियन्त्रित अर्थतन्त्रमा प्रजातन्त्र हुन्छ त ? साम्यवादी अर्थतन्त्र उदार हुन्छ त ? चीनले जस्तो अर्थतन्त्र चाहिं उदार । प्रजातन्त्र चाहि आफ्नै खालको । यसो भन्ने हो भने ? हो भने उदारवादी अर्थतन्त्रले त असमान आर्थिक अवस्थालाई निरन्तरता दिन्छ । के त्यो स्वीकार्य हो त ? त्यसो भए केमा चाहिं समाजवाद खोजेको हो ? त्यो पनि कस्तो खालको ? यो पनि जनस्तरले बुझ्ने भाषामा भन्न सक्ने कोही छौं त ?

यही दशा माक्र्सवादी र लेनिनवादी नेताहरुको छ । माक्र्स बिमति राख्न सिकाउछन । सर्जक बन्न सिकाउछन । उच्च वर्गको विरोध गर्न सिकाउछन । सर्वहाराको पक्षधर बन्न सिकाउछन । व्यक्तिगत धन सम्पति नराख्न सिकाउछन । श्रममा बाँच्न सिकाउछन । लेनिन चाहिं बल प्रयोग गर्न सिकाउछन । यो चिन्तन बोकेकाहरुले नैं संविधान लेख्यौं । त्यहाँ भन्यौं व्यक्तिगत स्वतन्त्रता । अभिव्यक्ति स्वतन्त्रता । सम्पत्तिको अधिकार । के साम्यवादीले खोजेको यही हो र ? हो भने कसरी साम्यवादी भयौं ? हैनौं भने किन हामी साम्यवादी हौं भनिरहेछौ ? समाजवाद उन्मुख बन्दा के हुन्छौं ? के गर्छाैं ? त्यस्तै माओले समता दिन खोजे । राज्यको सम्पति हुने । व्यक्तिले काम गरेर खाने । सम्पत्ति पनि व्यक्तिसँग नहुने । माओवादीको अवस्था के छ ? त्यसो भए समाजवाद उन्मुख भनेको के हो ? कस्तो हो ? कमसेकम माओवादीले बुझेको समाजवाद उन्मुख भनेको के हो ?

अर्काे पाटोबाट हेरौं । संविधानमा उल्लेख गरिएका सबै मौलिक हक पूरा भएको समाज नैं समाजवाद उन्मुख हो त ? त्यसो हो भने किन बनाउदैनौं विधागत नीति, ऐन, नियमावली, कार्यीवधि आदि । किन बन्दैन धारा ३१ .५ कार्यान्वयन गर्ने नीति । किन बन्दैन धारा २४ तथा ४१ को कार्यान्वयन गर्ने नीति ? नीति बन्नासाथ कार्यान्वयन हुन्न भन्ने कुरा हामीलाई थाहा छैन र ? अदालतले नीति, ऐन, नियमावली, तथा कार्यीवधि एकसाथ खोज्छ भन्ने कुरा कसलाई थाहा छैन र ? संविधानको धारा ३१ को अनिवार्य तथा निःशुल्क शिक्षा लागु गर्न २०७५ को नीति छ । २०७७ को नियमावली पनि छ । किन लागु हुन्न त यो नीति ? त्यसो हो भने के भन्ने हो जनतालाई ? यस अर्थमा हामी दलमा पनि अमूर्त बोली नैं बोलिरहेछौं ।

अमूर्तलाई मूर्तिकरण गर्ने बाटो

सबै वादीले आआप्mना सिद्धान्त जानेका हौंला । शब्द घोकेकै हौंला । अर्थतन्त्रको आकार चिनेकै हौंला । यो परिवेशमा हामीले गरेका अपेक्षा त भन्न सक्छौं नि । शिक्षामा गरेका अपेक्षा । निःशुल्क शिक्षा । अनिवार्य शिक्षा । सबैलाई शिक्षा । व्यावसायिक शिक्षा । गुणस्तरीय शिक्षा । यदि यसो हो भने हामीले सरकारका सबै तहमा यस्तो छलफल गराए हुन्न र ? सबै तहमा छलफल गर्दा केही समानता त देखिएला नि ! केही असमानता पनि त चिनिन्छ होला नि ! त्यही विज्ञको खोजी पनि त होला नि ! यो काम किन गरेनौं ? किन गराएनौं ? राजनीतिक दलले त जान्नुपर्ने हैन र ?

निःशुल्क शिक्षा साझा एजेण्डा बन्न सक्छ । तर, रकम दिने कसले हो ? अभिभावकले दिने हो ? कसरी दिने ? आम्दानीको निश्चित प्रतिशत ? त्यो भनेको कति हो ? त्यसो भए गरिबले आम्दानीको एक प्रतिशत दिने हो ? धनीले २० प्रतिशत दिने हो ? यो तरिकाले प्रगतिशील कर प्रणाली लागु हुन्थ्यो । सबैको साझेदारी हुन्थ्यो । हैन कसैसँग पनि नलिने हो भने पालिकाहरुले सबै पैसा हालौं न त । त्यो पनि सकिन्न भने अर्काे उपाय पनि खोजौं न त । भन्ने वस्तुवादी । गर्ने मनोवादी । अर्थात हाम्रा अमूर्त शब्दको वस्तुवादीकरण गरौं न त ।

अनिवार्य शिक्षा चाहेको हो भने सबैलाई स्कूलमा ल्याउने कि ? जो जहाँ छन त्यहीं सिकाउने कि ? बेला बेलामा जम्मा हुन सक्छन कि ? अनेक कुरा सोधौं न त ! त्यही सोधाइको आधारमा योजना बनाउँन त ! एकातिर गरीवी छ पनि भन्छौं । अर्कातिर पढने अधिकारको पनि कुरा गर्छाैं । तेश्रोतिर उनीहरुलाई स्कूलमैं काम गरेर कमाउँने परिवेश पनि बनाउँन सक्तैनौं । तिम्रा छोराछोरी मैं पढाउँछु भन्न पनि सक्तैनौं । यहाँ पनि हामी मूर्त बन्न किन सक्तैनौं । नसक्नेलाई पालिकाले पाल्छौं । सक्ने आफैं गर भने त हुन्थ्यो नि । भारतको एम भी फाउण्डेशनको तीन महिने बन्द क्याम्पमा पढने जस्तो । अभिभावकले जे सक्छन त्यही सघाउँने । नसक्नेलाई पालिकाले निशुल्क शिक्षा दिने । यस्ता अनेकन बस्तुगत अभ्यासहरु छन । स्वदेशमा । विदेशमा । ती अभ्यासहरुको किन खोजी गर्दैनौं ? किन लागु गर्दैनौं ? किन अनिवार्य शिक्षा दिने काम फलानोको भनी तोक्तैनौं ? यति गरे त अनिवार्य शिक्षाको मूर्तिकरण त हुन्थ्यो नि ! त्यो काम किन नगरिएको हो ? नजानेर कि नचाहेर ? यसको जबाफ त कसैले दिनुपर्ने होला नि !

अनिवार्य सीप तेश्रो एजेण्डा बन्न सक्छ । त्यो एजेण्डाले सीप सिकाउँने संस्था खोज्दैन । ब्यक्ति खोज्छ । प्रविधिमा सामग्री खोज्छ । अर्थात विद्यार्थीको प्रोफाइल बनाउँने शिक्षक खोज्छ । तिनले चाहेको सीपको सूची बनाउँने स्तम्भ खोज्छ । तिनले जानेको सीपको स्तम्भ खोज्छ । तिनका अभिभावकले जानेका सीपको स्तम्भ खोज्छ । यति हुनासाथ तत्स्थानमैं सीप शिक्षक भेटिन्छ । पुराना सीपका । नयाँ सीपका । दैन्दिनी सीपका । यति गर्ने हो भने न तालीम केन्द्र चाहिन्छ । न स्थायी शिक्षक चाहिन्छ । चाहिने कुरा हो प्रविधिमा सबैखाले सीप अपलोड गर्ने जनशक्ति । त्यो पनि पालिकाले नैं गर्नसक्छ । आफना पालिकामा भएका सीपहरु खोज्न । पुरानो तथा नयाँ सीप जान्ने स्थानीय ब्यक्ति खोज्न । अरु सीप विद्यार्थीले प्रविधिमा सिक्छन । एक अर्कालाई सिकाउँछन । स्थानीय श्रोतब्यक्तिसँग सिक्छन । पालिका तहमैं त्यस्ता श्रोत ब्यक्तिको सञ्जाल बनाए हुन्छ । प्रविधिमार्फत तिनलाई अद्यावदिक गरे हुन्छ । सीपवालालाई कमाउँन दुई कुरा भए पुग्छ । लगानी र बजार । पालिकाले एउटा कोष बनाए लगानीकोे गर्जाे टर्छ । विद्यार्थीको अनिवार्य बचत गराए भोलिको समस्या टथ्र्याे । अनि विद्यार्थीले जे उत्पादन गरे पनि किनिदिने पालिका भए सीप शिक्षाले पूर्णता पाउँथ्यो । सीपमा ज्ञान विज्ञान, तथा प्रविधि खोज भन्ने शिक्षक भए पढाइ र गराइ पनि जोडिन्थ्यो । यसो गर्न न लगानी चाहिन्छ न त जनशक्ति । खाली रहर भए पुग्छ । सीपको अमूर्तताले मूर्त रुप पाउँछ । प्रश्न हो —किन यसो गर्न चाहदैनौं हामी ? यसमा त सबैको सहमति जुटनुपर्ने हैन र ?

गुणस्तीय शिक्षा अर्काे एजेण्डा हो । त्यो भनेको के हो ? यसको जवाफमा आएका उत्तरले खाका दिन्छ । प्रतिस्पर्धी शिक्षा । स्वदेशमा । विदेशमा । यसो हो भने गुणस्तरको मानक बनाए हुन्छ । विना मानक प्रतिस्पर्धा हुन्छ र ? मानक बनाउँन केही गाह्रो छ र ? यजुर्वेदले भनेझैं प्रश्न गर्ने विद्यार्थी गुणस्तरीय हो । पाउलो फ्रेरे भनेझैं मौनको संस्कृति तोड्ने व्यक्ति गुणस्तरीय हो । माक्र्सको भाषामा पुँजीवादी संरचनालाई प्रश्न गर्ने विद्यार्थी गुणस्तरीय हो । बुद्धको भाषामा आफैंलाई प्रश्न गरेर अप्पदीपो भवः हुने विद्यार्थी गुणस्तरीय हो । साझा कुरा के हो भने प्रश्न गर्न जान्ने विद्यार्थी गुणस्तरीय हुन्छ । जसको भनाइ माने पनि भयो । बुद्धले भनेजस्तो अप्पदीपो भवः गरे पनि भयो । कसका पछि लाग्ने ? यो रहर हो । बुद्धको सोचमा मेरो पछि पनि नलाग ।

गुणस्तरको अर्काे कडी भनेको बहुस्रोतबाट सिक्ने अभ्यास हो । किताब के भन्छ ? घरपरिवार के भन्छ ? बजार के भन्छ ? कम्प्युटर के भन्छ ? शिक्षक के भन्छ ? आप्mनै अनुभव के भन्छ ? यसरी बहुस्रोतबाट ज्ञान लिने प्रवन्धले महाभारतको शान्तिपर्वको भनाइ सम्झाउछ । भनाइ यस प्रकार छः

आचार्यात्पादमादत्तेपादंशिष्यःस्वमेधया।
सब्रह्मचारिभ्यःपादंपादंकालक्रमेणच।।
आचार्यात्पादमादत्तेपादंशिष्यःस्वमेधया ।
सब्रह्मचारिभ्यःपादंपादंकालक्रमेणच ।।

यो चिन्तन बोक्नासाथ स्वतः गुणस्तर बढ्छ । अनुसन्धानात्मक चेत हुन्छ । त्यसको तरिका जानिन्छ । बहुसत्य थाहा हुन्छ । निर्णय आफै गर्नुपर्छ भन्ने तागत बन्छ । पुर्खाका पुस्तकमा तागत रहेछ भन्ने बुझिन्छ । आधुनिक र पुरातनको मिलनबिन्दु चिनिन्छ । त्यो बिन्दुले चिन्तन चक्रीय हुँदो रहेछ भन्ने ज्ञान बन्छ । धर्सीय सोचको सीमा चिनिन्छ । कोलम्बस भारत खोज्न जाँदा अमेरिका पुगेको गुत्थी थाहा हुन्छ । यो कुराको अभ्यास गर्न जोसुकैले सक्छ । गर्ने कि नगर्ने भन्ने मात्रै प्रश्न हो ।

वस्तुलाई स्थिरमा बुभ्mने एउटा तरिका हो । स्थिर मानेर बुभ्mने अर्काे तरिका हो । गणित पढाउने शिक्षकले मानौ भनेजस्तो । अनि गतिमा बुभ्mने तेस्रो तरिका हो । यी तीनै तरिका अभ्यासमा छन । यसरी वस्तुलाई बुभ्mनु गुणस्तरको अर्काे कडी हो । भात पकाउने साधनले यसको जवाफ दिन्छ । दाउरामा । स्टोभमा । प्रेसर कुकरमा । राइस कुकरमा । इण्डक्सन चुलोमा । माइक्रो वेभमा । अन्ततोगत्वा स्वादको निम्ति दाउरामा । छिटोको निम्ति इण्डक्सनमा । माइक्रो वेभमा । यसबाट बुझिन्छ कि मान्छे चक्रीय हो । ऊ चक्र पनि बुभ्mन चाहन्छ । छुट्टै पनि बुभ्mन चाहन्छ । यसरी दुबै कुरा एकसाथ सिक्न तथा सिकाउन सकेमा मात्र गुणस्तरीय शिक्षा हुन्छ । स्थिरतामा हेर्दाको ज्ञान पनि बुझिन्छ । गतिमा जानिने ज्ञान पनि बुझ्न सकिन्छ । यी दुबै चाहना पूरा हुनासाथ शिक्षा गुणस्तरीय बन्छ ।

प्रविधि प्रयोग गुणस्तरको अर्काे मानक हो । परम्परागत प्रविधि जानेको । नयाँ प्रविधिमा त्यसको एनिमेसन गर्ने सीप जानेको । प्रयोग जानेको । यसोगर्नासाथ व्यक्ति जनस्तर पनि जान्दछ । आधुनिकता पनि बुभ्mछ । अर्थात ३६ वटा जौको एक अम्मल हुने जानेको । एक अम्बलमा पौने एक इन्च हुन्छ भन्ने कुरा पनि जानेको । यति गर्नासाथ ऋग्वेद जोडिन्छ । आधुनिक गणित जोडिन्छ । स्थानीय ज्ञान जोडिन्छ ।

एक्काइसौं शताब्दीले खोजेका केही मान्यताहरु छन । सिर्जनशीलता । समालोचकीय क्षमता । सहकार्य । अन्तरपुस्तेनी संवाद । यी गुणहरु भिन्नै होइनन् । एकसाथ जोडिने हुन । हर वस्तुलाई भिन्न भिन्न तरिकाले बुभ्mनासाथ मान्छे सर्जक बन्ने आधार बन्छ । त्यही भिन्न तरिका खोजे हुन्छ । भिन्न प्रस्तुती हेरे हुन्छ । वस्तु बुझ्ने क्रममा के गुण के दोष भनि हेर्नासाथ मान्छे समालोचक बन्छ । बुद्धको शब्दमा मेरो पछि नलाग म कति टाढा लैजान सक्छु र ? आफैं खोज । यो तरिकाले व्यक्ति स्वतः समालोचक बन्छ । सर्जक बन्छ । प्रविधिले सहकार्य सहज बनाएको छ । मैले यसको उत्तर जानिन । कोही भनिदिनुहुन्छ कि ? यति भन्नासाथ सहकार्यको थालनी हुन्छ । स्वदेशको सहकार्य । विदेशको सहकार्य । सहकार्यले सम्वाद निम्त्याउँँछ । अन्तर पुस्तेनी । अन्तरधर्म । अन्तरभाषिक । अन्तरसांस्कृतिक । यस्ता मानक बनाउने हो भने हाम्रा सोचहरु मूर्त बन्दै जान्छन् ।

निचोड

लेखमा मैले अमूर्त शब्दहरुको आशिक सूची दिए । ती सूचीमा मूर्त बनाउने केही तरिका दिँए । गर्न सकिन्छ । गरौं भन्ने सन्देश दिँए । स्वदेशका नमूना दिँए । अनि अमूर्त शब्दलाई मूर्त बनाउने काम शिक्षकको हो भनें । यति गर्नासाथ हामी गुणस्तरका सहज ब्याख्याता हुन्छौं । प्रयोगकर्ता हुन्छौं भनें । रहर गरौं शब्दको अल्झो नकसौं । बरु फुकाउन थालौं ।

Views: 33

प्रतिक्रिया

सम्बन्धित खबर