EduPress
'

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु आजदेखि

Author Image
बुधवार, असोज १५, २०८२
National-Examination-Board
Text Size:

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु गरेको छ। परीक्षा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ।

यसअघि भदौ २८ र २९ गते हुने भनिएको यो परीक्षा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरताका कारण स्थगित गरिएको थियो।

बोर्डका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी (कोड ००४१) विषयको परीक्षा हुनेछ। एक विषयमा मात्र परीक्षा दिने विद्यार्थीले यही परीक्षा दिने छन्। दुई विषयमा परीक्षा दिने विद्यार्थीले पहिलो दिन सानो कोड नम्बर भएको विषय — अनिवार्य अङ्ग्रेजी (००४१) — र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ।

त्यस्तै, असोज ८ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिनेछ। उक्त दिन पनि अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा हुनेछ, बोर्डले जनाएको छ।

यस वर्षको कक्षा १२ को नियमित परीक्षाको नतिजा साउन १९ गते सार्वजनिक गरिएको थियो। कुल ५ लाख १० हजार ९८७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ८२ हजार ४६५ जना उत्तीर्ण भए भने १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेड भएका थिए।

Views: 19

प्रतिक्रिया

सम्बन्धित खबर