EduPress
'

नेपालमा पहिलोपटक ‘कोरियन एजुकेशन फेयर’ हुँदै

Author Image
आइतवार, कार्तिक १६, २०८२
korean-education-fair-in-Nepal
Text Size:

काठमाडौं । नेपालमा पहिलोपटक ‘कोरियन एजुकेशन फेयर’ आयोजना हुने भएको छ। नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले कात्तिक २२ गते दक्षिण कोरियामा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि उक्त मेला आयोजना गर्न लागेको जनाएको छ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेक्साले जनाएअनुसार मेलामा कोरियाली विश्वविद्यालयका अध्ययन अवसर, छात्रवृत्ति, शैक्षिक वातावरण, र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी प्रदान गरिनेछ।

संघका अनुसार दक्षिण कोरियाका विश्वविद्यालयहरू हाल विश्वस्तरीय शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धानमुखी शिक्षाका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आकर्षक अध्ययन गन्तव्यका रूपमा विकसित हुँदै आएका छन्।

नेक्साका अध्यक्ष सन्तोष खनालका अनुसार मेलामा विद्यार्थीहरूले कोरियामा अध्ययनसँगै आंशिक काम गर्ने अवसर र स्नातकपछि स्वदेश फर्किएर पाउन सकिने सम्भावनाबारे पनि जानकारी पाउनेछन्।

करिब पाँच हजार विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको यस मेलामा डेवोन विश्वविद्यालय, येवोन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। साथै, करिब ४० वटा शैक्षिक परामर्शदातृ संस्थाहरूको पनि उपस्थिति रहनेछ।

प्रतिक्रिया