EduPress
'

एसईई र १२ काे नतिजा ढिलाइमा प्राध्यापकको लापरबाहीः शिक्षामन्त्री पुन

Author Image
शनिवार, मंसिर ६, २०८२
Text Size:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकको लापरबाहीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा निरन्तर ढिलाइ हुँदै आएको आरोप लगाएका छन्। आइतबार भक्तपुरमा आयोजित विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को ३२औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री पुनले लाखौं विद्यार्थीको नतिजा निकाल्न नौ महिनाभन्दा बढी लाग्नु अस्वीकार्य भएको बताए।

उनका अनुसार चार–पाँच लाख विद्यार्थीको नतिजा तयार पार्न यति धेरै समय लाग्नु शिक्षा प्रणालीकै कमजोरीको संकेत हो। “८–९ महिनासम्म नतिजा सार्वजनिक गर्न नसक्नु प्राध्यापकहरूको लापरबाहीको परिणाम हो। अब यस्ता समस्या समाधान गर्नैपर्छ,” मन्त्री पुनले भने।

मन्त्री पुनले विश्वविद्यालयहरू सम्बन्धन वितरणमा केन्द्रित हुँदै शिक्षाको गुणस्तरलाई बेवास्ता गरेको आरोप पनि लगाए। उनका अनुसार कुन विश्वविद्यालयले कति सम्बन्धन दियो भन्ने प्रतियोगिताले शैक्षिक गुणस्तर खस्कँदै गएको र विद्यार्थी संख्या घट्दै गएको अवस्था छ।

यससँगै उनले शिक्षामा अनुसन्धान र खोजमूलक कार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रालयले विश्वविद्यालयका लागि पूँजीगत बजेटको एक प्रतिशत विनियोजन गर्ने लक्ष्यासाथ काम भइरहेको जानकारी दिए।

प्रतिक्रिया