EduPress
'

रि–इम्याजिन ट्रेडिसन–२’ प्रदर्शनी सुरु, विद्यार्थीको सिर्जनशीलता सार्वजनिक

Author Image
सोमवार, मंसिर २२, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ। काठमाडाैंकाे नक्सालमा ‘रि–इम्याजिन ट्रेडिसन–२’ शीर्षकको कलाकृति प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स र स्कूल अफ इन्जिनियरिङको सहकार्यमा यो प्रदर्शनी आयोजना गरिएको हो।

प्रदर्शनीकाे उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यार्थी नै भोलिको नेतृत्वकर्ता भएको बताए। उनले सिर्जनशील अभ्यासबाट ज्ञान, बौद्धिकता र प्राज्ञिकताको सामञ्जस्य बन्ने उल्लेख गरे।

नेपाल ललितमला प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्लेले यस्ता प्रदर्शनीले विद्यार्थीको मेहनत, समीक्षा र मूल्याङ्कनको अवसर दिने बताए। शिल्प–हस्तकला र वास्तुकला जीवनसँग जोडिएको विषय भएकाले यसले सर्जकलाई आत्मनिर्भर बनाउनुका साथै समाजको अर्थतन्त्रमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

औद्योगिक डिजाइनर माइक कारझेइकले प्रदर्शनीलाई विद्यार्थीको स्वसिर्जनाको उत्कृष्ट उदाहरण भएकाे उल्लेख गरे । उनले प्रदर्शनीमा भौतिक तथा अभौतिक सम्पदा र सांस्कृतिक पहिचान झल्किने कलाकृति रहेको बताए।

स्कूल अफ आर्ट एन्ड डिजाइनका प्रमुख सागर मानन्धरले रैथाने शिल्पज्ञानलाई विस्तार गर्न पाठ्यक्रममै समावेश गर्नुपर्ने भने। उनले प्रदर्शनीलाई प्रयोगात्मक अभ्यासका रूपमा व्याख्या गरे र भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर चलाइने बताए।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, शिक्षक तथा विद्यार्थीहरूको को उपस्थिति थियो।

प्रतिक्रिया