EduPress
'

कोशीमा पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ३०० प्रिन्सिपलको सहभागिता

Author Image
शुक्रवार, मंसिर २६, २०८२
Text Size:

सुनसरी । दिगो, भरपर्दो नेतृत्व र संस्कारयुक्त विद्यालय निर्माणलाई केन्द्रमा राख्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कोशी प्रदेशले प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा नेपालसहित भारत र बेलायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद् तथा विषय विज्ञहरूले शैक्षिक नेतृत्व र समसामयिक चुनौतीबारे प्रस्तुति दिएका छन् ।

विद्यार्थीको समग्र विकासका लागि सर्वप्रथम विद्यालय नेतृत्व सक्षम र प्रशिक्षित हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गरिएको सम्मेलनमा कोशी प्रदेशका करिब ३०० जना विद्यालय प्रिन्सिपलहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा वक्ताहरूले प्रविधिको सही र जिम्मेवार प्रयोग नगर्दा बालबालिकाको भविष्यमा पर्न सक्ने असर, शिक्षकका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी उपयोग, विद्यार्थी विकासमा अभिभावक र विद्यालयको साझा भूमिका तथा शिक्षक नेतृत्वमार्फत विद्यालयको वातावरण सुधार गरी त्यसको सकारात्मक प्रभाव जेन-अल्फा पुस्तासम्म पुर्‍याउने विषयमा विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रमका क्रममा शिक्षाविद्हरूले समाजका सामाजिक संरचना क्रमशः कमजोर बन्दै गएकाले बालबालिकाको संवेगात्मक विकासमा गम्भीर असर परिरहेको उल्लेख गर्दै भावी पुस्तालाई सम्भावित जोखिम र चुनौतीबाट सुरक्षित राख्न दीर्घकालीन सोच र प्रभावकारी नेतृत्व अपरिहार्य भएकोमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खबर