EduPress
'

गंगा माविलाई आईएसओ मान्यता: व्यवस्थापनदेखि कक्षाकोठासम्म गुणस्तरको छाप

Author Image
शनिवार, पौष १८, २०८२
Text Size:

पाल्पा । पाल्पाकाे रामपुरस्थित गंगा माध्यमिक विद्यालयले शैक्षिक र भौतिक व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै आईएसओ (ISO) प्रमाणपत्र प्राप्त गरेको छ। विद्यालयको समग्र गुणस्तर सुधार र मानकीकरणका लागि गरिएको मूल्याङ्कनपछि उक्त प्रमाणपत्र प्रदान गरिएको हो।

अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत तोकिएका ४९ सूचकमध्ये २५ सूचक विद्यालयले दुई महिनाभित्रै पूरा गरेपछि गंगा मावि आईएसओ मान्यतामा पुगेको विद्यालय प्रशासनले जनाएको छ। यो मान्यताले विशेषतः विद्यालय व्यवस्थापनको सुदृढीकरण, कक्षाकोठामा शिक्षण-सिकाइको गुणस्तर अभिवृद्धि र अभिभावक सहभागितामार्फत विद्यार्थीको सिकाइ सुधारलाई प्राथमिकतामा राखेको छ।

विद्यालयका अनुसार शिक्षण-सिकाइ प्रक्रिया, प्रशासनिक व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा सेवा प्रवाहलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्ने क्रम निरन्तर जारी छ। आईएसओ प्रमाणपत्रलाई विद्यालयले पारदर्शिता, निरन्तर सुधार र गुणस्तरीय शिक्षातर्फ उन्मुख हुने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

हाल कक्षा १ देखि १२ सम्म सञ्चालन भइरहेको गंगा माविमा करिब ६ सय ५० विद्यार्थी अध्ययनरत छन्।

आईएसओ प्रमाणपत्र प्राप्ति भएपछि विद्यालय स्थानीयका लागि मात्र नभइ, सम्पूर्ण शैक्षिक संस्थाका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताइएकाे छ । यसले गुणस्तरीय शिक्षा र पारदर्शी व्यवस्थापनको आवश्यकता प्रति शिक्षक, विद्यार्थी र अभिभावकलाई सजग बनाउने देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खबर