EduPress
'

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

Author Image
बुधवार, पौष २२, २०८२
Text Size:

काठमाडौँ । सुदूरपश्चिमको पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय, सहिद दशरथ चन्द विश्वविद्यालय, नयाँ नेतृत्वसहित अघि बढ्ने तयारीमा छ। मंगलबार विश्वविद्यालय सभाले प्राध्यापक डा. सुनिलकुमार जोशीलाई उपकुलपति र खेमराज जोशीलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ।

शिक्षामन्त्री तथा सहकुलपति महाविर पुनको अध्यक्षतामा बसेको बैठकले नियुक्ति प्रक्रिया पूर्ण गरेको हो। उपकुलपतिका लागि दुई जनाले आवेदन दिएका थिए भने रजिष्ट्रारका लागि १० जना प्रतिस्पर्धामा थिए। उपकुलपतिका लागि अन्तिम चयन एकल सिफारिसका आधारमा डा. जोशी भएका हुन्। रजिष्ट्रारको पदका लागि तीन जनाको नाम सिफारिस समितिले पेश गरेको थियो।

विश्वविद्यालयको स्थापना ऐन संसदबाट गत असार पारित भएपछि सरकारले नेतृत्व नियुक्तिका लागि प्रक्रिया अघि बढाएको थियो। यस विश्वविद्यालयमार्फत सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु गर्ने लक्ष्य राखिएको छ। पहिलो उपकुलपति र रजिष्ट्रारको छनोटका लागि पूर्व उपकुलपति जयराज अवस्थीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर