EduPress
'

असोज १ शोक दिवस : मन्त्रिपरिषद्को निर्णय, देशभर सार्वजनिक बिदा

Author Image
सोमवार, भदौ ३०, २०८२
Text Size:

सरकारले आगामी असोज १ गतेलाई ‘शोक दिवस’का रूपमा मनाउने

काठमाडौं । सरकारले आगामी असोज १ गतेलाई ‘शोक दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले देशभर शोक दिवस मनाउने घोषणा गरेको हो।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार शोक दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिइने र सरकारी कार्यालय तथा सार्वजनिक संस्थानमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको छ।

सरकारले यस दिवसलाई राष्ट्रिय एकता र सम्झनाको दिनका रूपमा मनाउन सबैलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारी कार्यक्रम, विद्यालय र स्थानीय तहमा समेत स्मृति कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ।

यसअघि पनि यस्ता संवेदनशील दिनहरूमा सरकारद्वारा विशेष कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। तर यसपटक शोक दिवसलाई अझ औपचारिक र राष्ट्रिय स्वरूप दिने गरी निर्णय भएको मन्त्री अर्यालले बताए।

Views: 41

प्रतिक्रिया

सम्बन्धित खबर