EduPress
'

उत्तर पुस्तिका जलेपछि त्रिविमा पुनः परीक्षा लिने निर्णय

Author Image
बुधवार, असोज २२, २०८२
Text Size:

काठमाडौँ । भदौ २२ र २३ गतेको जेन-जी आन्दोलनका क्रममा उत्तर पुस्तिका नष्ट भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार झापाको अनारमनी, रौतहटको चन्द्रनिगाहपुर र दाङको नारायणपुर परीक्षा केन्द्रका परीक्षाहरू रद्द गरिएको छ । ती परीक्षा केन्द्र नजिकै रहेका इलाका प्रहरी कार्यालयमा भएको तोडफोड र आगजनीका क्रममा उत्तर पुस्तिका जलेर नष्ट भएका कारण पुनः परीक्षा लिने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाका उत्तर पुस्तिका नष्ट भएका हुन् । करिब साढे छ सय विद्यार्थी प्रभावित भएका अनुमान गरिएको छ । पुनः परीक्षाको मिति पछि तय गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Views: 9

प्रतिक्रिया

सम्बन्धित खबर