काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई शिक्षाको सुधारका लागि १२ बुँदे सुझाव प्रस्तुत गरेको छ। अध्यक्ष लवराज ओलीको नेतृत्वमा अभियानको टोलीले बुधबार मन्त्री पुनलाई भेटी सुझाव बुझाएको हो।
अभियानले शिक्षामा बढ्दै गएको निजीकरण र व्यापारिकरण अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, बाल संरक्षण र सहभागिता, डिजिटल शिक्षामा पहुँच, नीति निर्माणमा नागरिक समाजको संलग्नता, विद्यालय पूर्वाधारमा सुधार, शिक्षा मन्त्रालय र स्थानीय तहबीच समन्वय, विद्यालयको गुणस्तर अभिवृद्धि, शिक्षक व्यवस्थापन र शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा जोड दिएको छ।
Views: 10


