EduPress
'

कक्षा ९ र १० मा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने तयारी

Author Image
बुधवार, असोज २९, २०८२
Text Size:

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा कम्प्युटर शिक्षा अनिवार्य विषयका रूपमा लागू गर्न अवधारणापत्र तयार गर्न थालेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको निर्देशनपछि केन्द्रले माध्यमिक तहमा कम्प्युटर शिक्षा कार्यान्वयनका लागि तयारी अघि बढाएको हो। केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार कक्षा ९ र १० मा कम्प्युटर विषयलाई सय पूर्णांकको अनिवार्य विषयका रूपमा समावेश गर्ने प्रस्तावमा छलफल सुरु भएको छ।

हाल विद्यालय तहमा कम्प्युटर विषय ऐच्छिक रूपमा मात्र उपलब्ध छ। नयाँ अवधारणाअनुसार दैनिक पढाइ समय करिब सात घण्टासम्म पुग्नेछ भने कार्य घण्टा ११५२ रहनेछ। यसले विद्यार्थी र विद्यालयमा पर्ने प्रभावबारे विज्ञहरूसँग विस्तृत छलफल भइरहेको पौडेलले बताए।

मन्त्री पुनले सार्वजनिक विद्यालयहरूमा कम्प्युटर शिक्षकको अभावका कारण कम्प्युटर उपकरण प्रयोगविहीन रहँदा दुःख लागेको बताए। उनले प्रत्येक विद्यालयमा एक कम्प्युटर शिक्षक दरबन्दीको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेका छन्।

उनका अनुसार आगामी शैक्षिक सत्रदेखि सार्वजनिक विद्यालयका माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य रूपमा लागू गरिनेछ।

Views: 25

प्रतिक्रिया

सम्बन्धित खबर