काठमाडौँ । भदौ २४ गते तोडफोड र आगजनीको घटनापछि केशरमहलमा सारिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुनः सिंहदरबार फर्किएको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार सोमबारदेखि शिक्षातर्फका महाशाखा र शाखाबाट प्रदान हुने सम्पूर्ण सेवा सिंहदरबारस्थित कार्यालयबाट नै सञ्चालन हुन थालेका छन्।
तर, विज्ञान सम्बन्धी महाशाखा तथा शाखाहरू भने हाललाई केशरमहल र सिंहदरबार दुबै स्थानबाट सेवा दिइरहेका छन्। विद्यार्थी सेवाग्राहीका लागि वैदेशिक अध्ययन अनुमति ९एनओसी०, शैक्षिक परामर्श तथा प्रमाणीकरण, र छात्रवृत्ति शाखा भने सधैंझैं सानोठिमस्थित कार्यालयबाटै सेवा दिइरहेका छन्।
भदौ महिनामा भएको आगजनी र तोडफोडका कारण मर्मत तथा सरसफाइ आवश्यक भएकाले मन्त्रालयलाई अस्थायी रूपमा केशरमहल सारिएको थियो। मर्मत सम्पन्न भएपछि मन्त्रालय पुनः सिंहदरबारस्थित आफ्नो स्थायी कार्यस्थलमा फर्किएको हो।


