EduPress
'

नगरको शिक्षा निर्णयविरुद्ध शिक्षक संघले तालाबन्दी जारी राख्ने घोषणा

Author Image
बिहिवार, कार्तिक २०, २०८२
Text Size:

सुर्खेत । नेपाल शिक्षक संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको विद्यालय समायोजन, दरबन्दी मिलान, पदस्थापन, शिक्षक सरुवा र प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि विरुद्ध कात्तिक १६ गतेदेखि लगाइएकाे तालाबन्दी नखोल्ने घोषणा गरेको छ।

संघले एक अपिल जारी गर्दै नगर कार्यपालिकाले असोज २७ र कात्तिक १२ गते गरेका निर्णयहरु शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ विपरीत भएकाे प्रष्ट पारेकाे छ। संघले विद्यालय व्यवस्थापन समितिको अधिकार हनन् गर्दै स्थानीय तहले गैह्रकानुनी रूपमा प्रधानाध्यापक नियुक्ति र सरुवा गरेको आरोप लगाएको छ।

संघका अध्यक्ष सुरेन्द्र बहादुर रावतले विद्यालय समुदायको स्वामित्व खोस्ने र लोकतान्त्रिक अभ्यासमाथि आक्रमण गर्ने गरी नगरपालिकाले अवैध कार्यविधि बनाएको बताएका छन्। उनले संघीय कानुनसँग बाझिने नगर कानुन खारेज नगरेसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन्।

शिक्षक संघले विद्यालय व्यवस्थापन समितिलाई बाइपास गरेर गरिएको निर्णय र अनियमित सरुवालाई समेत आपत्तिजनक बताउँदै वार्ताका लागि नगरपालिकाको अडानकै कारण वार्ता विफल भएको पनि जनाएको छ।

संघले जारी गरेकाे अपिलकाे पूर्ण पाठ यस्ताे छ:

सम्पूर्ण पत्रकार तथा सरोकारवाला महानुभावहरु

१९ कार्तिक, २०८२

विद्यालय समायोजन, दरबन्दी मिलान, पदस्थापन, शिक्षक सरुवा, काज, प्रधानाध्यापक व्यवस्थापन सम्बन्धमा वीरेन्द्रनगर नगर शिक्षा समितिको २०८२ साल असोज २७ गतेको निर्णय र कार्यपालिका सुर्खेतले २०८२ साल कात्तिक १२ गते गरेको संशोधन सहितको निर्णय प्रति हाम्रो बिरोध तथा असहमति रहेको अवगत नै छ । यस कारण हाम्रा तर्फबाट नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र शिक्षा अधिकृतको कार्यकक्षमा कात्तिक १६ गतेदेखि तालाबन्दी गरिएको छ ।

यस सम्बन्धमा हाम्रो बिरोध रहनुका कारणहरु तपशील अनुसार स्पष्ट गरिएको छ ः

१. वीरेन्द्रनगर नगरपालिकाको शिक्षा ऐन २०७४ को दफा १२ को उपदफा १(ङ) मा नगरपालिका शिक्षक महासंघको प्रतिनिधी नगर शिक्षा समितिको सदस्य रहने व्यवस्था हुँदा हुँदै हाल नगर शिक्षा समितिमा शिक्षक महासंघलाई समावेश नगर्नु पुर्वाग्रही भएको प्रष्ट छ ।

२. नयाँ विद्यालय संघिय शिक्षा ऐन हालसम्म आउन नसकेको अवगत नै छ । यसको अर्थ अहिले नेपालका विद्यालयहरु शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार नै सञ्चालन भइरहेको प्रष्ट छ । शिक्षा नियमावली २०५९ को नियम ९३ अनुसार प्रधानाध्यापक छनौट गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिको रहने व्यवस्था छ । तर स्थानीय तहले आफुसंग नभएको अधिकार प्रयोग गरी, गैह्रकानुनी तवरबाट कार्यविधि बनाई प्रधानाध्यापकहरुको नियुक्ती र सरुवा गरेको निर्णय अवैध छ । साथै विद्यालय व्यवस्थापन समितिले छनौट प्रक्रिया पूरा गरी ५ वर्षका लागि प्रधानाध्यापकमा नियुक्त भएका प्रधानाध्यापकहरुलाई सो अवधि पुरा नभई हटाउन वा सरुवा गर्न नसकिने कुरा स्पष्ट गर्दछौं ।

३. विद्यालय व्यवस्थापन समितिहरु समुदाय र अभिभावकका प्रतिनीधि निकाय हुन् । यो विद्यालयको हकहित तथा शैक्षिक गुणस्तरका लागि प्रचलित ऐन नियमको अधिनमा रही विभिन्न कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने अधिकार सम्पन्न संस्था हो । सामुदायिक विद्यालयहरु समुदायले जन्माएका, हुर्काएका, आफ्नो छाक काटेर पालेका र बचाएका संस्थाहरु हुन् । जहाँ समुदायको भावना जोडिएको हुन्छ । यीं विद्यालयहरुको जीवनमा अनगिन्ती शिक्षाप्रेमीहरुको योगदान छ । स्वयंसेवकको आत्मसम्मान जोडिएको छ । विद्यालय हाम्रा पूर्खाहरुको प्रतिष्ठा हो, स्वामित्वको नासो हो । आफ्नो विद्यालयलाई कस्तो बनाउने, आफ्ना सन्तान दरसन्तान र समुदायको भविष्य कस्तो बनाउने भन्ने त्यही समाजको आफ्नै सपना हुन्छ । यीं सबै कुराको प्रतिनिधित्व विद्यालय व्यवस्थापन समितिले गरेको हुन्छ । तर समुदायको स्वामित्व नै छिन्ने र सामुदायिक विद्यालयलाई ध्वस्त पार्ने गरी गरिएको पालिकाको उक्त निर्णय घोर आपत्तिजनक छ ।

४. लोकतन्त्रलाई समुदायको जरासम्म पु¥याउने, संस्थागत गराउने भूई मानिसहरुको संस्था विद्यालय व्यवस्थापन समिति हो । व्यवस्थापन समितिको अधिकार क्षेत्र माथी हस्तक्षेप गर्न खोज्नु भनेको लोकतान्त्रिक मूल्य मान्यता माथी आक्रमण हो । निरंकुशताको असभ्य अभ्यास हो । संघीय शासन प्रणालीमा अधिकारहरुको बाँडफाँडलाई नैसर्गिक मानिन्छ । यहाँ त विद्यालय कानुनकै ठाडो उल्लंघन गरी स्थानीय कानुन बनाएको भ्रम छरेर यस्ता अवैध कदम चाल्नुले नगर पालिकाको बदनियत प्रष्ट देखिन्छ । त्यसैले यस्ता भ्रामक, गैह्रकानुनी कार्यविधि तथा निर्णय खारेज गरिनु पर्दछ ।

५. विद्यालयमा करार शिक्षक तथा कर्मचारी नियुक्ति गर्ने अधिकार संघीय शिक्षा ऐन र शिक्षा नियमावली बमोजिम विद्यालय व्यवस्थापन समितिको रहेकोमा वीरेन्द्रनगरको नगर शिक्षा ऐन र कार्यविधि बाट उक्त अधिकार पनि कटौती गरिएको छ ।

६. संघीय कानुन प्रचलनमा नै रहेको अवस्थामा तल्लो निकायबाट उक्त कानुनसंग बाझिने गरी कुनै पनि प्रकारको कानुन निर्माण गरेमा स्वतः बदर हुने गरी न्यायीक निकायबाट आदेश भएको स्मरण गराउँदछों । तर यस नगरपालिकाले बदर योग्य कानुन बनाई विव्यसको अधिकार क्षेत्र मिचि आफ्नो निहित स्वार्थ पुरा गर्न खोजेको छ ।

७. वीरेन्द्रनगर नगरपालिकाले कार्यपालिकाबाट पारित भएको “विद्यालय समायोजन तथा दरबन्दी मिलान एवं प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८२” प्रचलित शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को विपरित रहेको छ (दफा ४ को प्रधानाध्यापक नियुक्ति गर्ने र उपदफा ५ मा प्रधानाध्यापकको नियूक्ति दिने अधिकारी प्रमुख प्रशासकीय अधिकृत हुने भन्ने उल्लेख भएकोमा प्रचलित शिक्षा नियमावली २०५९ को नियम ९३ संग पुरै बाझिएको) ।

८. शिक्षक दरबन्दि मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ मा दरबन्दि मिलान भएको व्यवस्था निम्न अनुसार रहेको छ ।

क) दफा ३ को खण्ड (ङ)ः कुनै विद्यालयमा माथिल्लो तहमा दरबन्दि अपुग भएको अवस्थामा तल्लो तहमा बढी भएको रहेछ भने सबै तहको दरबन्दि एकमुष्ठ गणना गरी नियमावली बमोजिम न्युनतम दरबन्दि सुनिश्चित गरी दरबन्दि मिलान गर्नु पर्ने ।

ख) दफा ३ को खण्ड (च)ः दरबन्दि मिलान र पुनर्वितरणर गर्दा समाजिक न्याय, समानुपातिक वितरण, भौगोलिक विषमतालाई ध्यान दिँदै गुणस्तरीय शिक्षा प्रबद्र्धनमा जोड दिन विद्यालयमा बढी भएको शिक्षक दरबन्दिलाई पुल दरबन्दि कायम गर्ने

ग) दफा ३ को खण्ड (छ)ः विद्यालयको विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या बढी भएको अवस्थामा कुनै कारणबाट दरबन्दि रिक्त हुन आएमा दरबन्दि मिलान कार्य सम्पन्न नभए सम्म त्यस्ता विद्यालयले रिक्त दरबन्दि पदपुर्ति नगर्ने ।

घ) दफा ५ः माथिल्लो तहमा गणना हुने पुल दरबन्दिः पुल दरबन्दिलाई सोही विद्यालय तथा स्थानीय तहको निम्नमाध्यमिक, माध्यमिक (कक्षा एघार र बाह्र समेत)तहमा शिक्षक दरबन्दि अपुग भएको अवस्थामा त्यसरी बाँकी भएको पुल दरबन्दि मध्ये माथिल्लो तहमा आवश्यक हुने दरबन्दि समेतलाई गणना गर्नु पर्नेछ ।

ङ) दफा ७ को उपदफा १ः दरबन्दि मिलान गर्दा अपाङ्गता भएका र महिला शिक्षकलाई सम्भव भएसम्म पायक पर्ने गरी मिलान गर्नु पर्नेछ ।

च) दफा ८ शिक्षक व्यवस्थापनका आधारहरुः

खण्ड क)ः खुद पुलमा रहेको दरबन्दि स्थानान्तरण गर्दा सम्भव भएसम्म रिक्त रहेको राहत अनुदानलाई स्थानान्तरण गर्ने ।

खण्ड ख)ः राहत अनुदान स्थानान्तरण गर्दा पनि खुद पुल दरबन्दि बाँकी भएमा रिक्त दरबन्दिलाई स्थानान्तरण गर्ने ।

खण्ड ग)ः स्वेच्छिक रुपमा जान चाहने शिक्षकहरुका लागि निवेदन आब्हान गरी प्राप्त निवेदनको छानविन गरी उपयुक्तता समेत हेरी स्थानान्तरण गर्ने । तर यसो गर्दा महिला र अपाङ्ग शिक्षकलाई प्राथमिकता दिने ।

खण्ड घ)ः निदेदन दिने शिक्षकको संख्या धैरै हुन आएमा महिला शिक्षकलाई प्राथमिकता दिई बाँकी दरबन्दिको हकमा शिक्षकको हकमा शिक्षकको नियुक्ति मितिको जेष्ठताको आधारमा स्थानान्तरण गर्ने ।

खण्ड ङ) र च)ः राहत तथा करारमा कार्यरत शिक्षलाई निजले लिएको नियुक्ति मितिको आधार लिई कनिष्ठताको आधारमा स्थानान्तरण गर्ने ।

खण्ड छ)ः सरुवा भए आउने शिक्षकको हकमा सरुवा भई आएको विद्यालयमा हाजिरी भएको मितिका आधारमा कनिष्ठता कायम गर्नु पर्ने ।

९. शिक्षा नियमावली २०५९ मा प्रधानाध्यापक व्यवस्थापन सम्बन्धमा भएको व्यवस्थाः

नियम ९३. प्रधानाध्यापक सम्बन्धी व्यवस्था ः

(१) विद्यालयको प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रूपमा काम गर्न प्रत्येक विद्यालयमा एक जना प्रधानाध्यापक रहनेछ ।

(२) व्यवस्थापन समितिले सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदमा नियुक्तिको लागि प्राथमिक तहको प्रधानाध्यापककोे हकमा शिक्षाशास्त्र विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह, निम्न माध्यमिक तहको प्रधानाध्यापकको हकमा शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातक तह वा सो सरह र माध्यमिक तहको प्रधानाध्यापकको हकमा शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरीे सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट दरखास्त आव्हान गर्नेछ । तर शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी माध्यमिक तहमा दश वर्ष स्थायी सेवा गरेकोे शिक्षक माध्यमिक तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन पाउनेछ ।

(३) उपनियम (२) बमोजिम दरखास्त आव्हान भएमा सम्बन्धित शिक्षकले व्यवस्थापन समितिले तोकेको म्यादभित्र विद्यालय विकास प्रस्ताव सहित व्यवस्थापन समिति समक्ष दरखास्त दिन सक्नेछ ।

(४) उपनियम (३) बमोजिम प्राप्त विद्यालय विकास प्रस्ताव सहितको दरखास्त व्यवस्थापन समितिले शिक्षक छनौट समिति समक्ष पठाउनेछ ।

(५) उपनियम (४) बमोजिम विद्यालय विकास प्रस्ताव सहितको दरखास्त प्राप्त भएपछि शिक्षक छनौट समितिले अनुसूची–१३ मा उल्लिखित आधारमा मूल्यांकन गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई प्रधानाध्यापकको पदमा नियुक्ति गर्न व्यवस्थापन समिति समक्ष सिफारिस गर्र्नु पर्नेछ । तर साठी अंक प्राप्त नगर्ने उम्मेदवारलाई प्रधानाध्यापकको पदमा नियुक्तिको लागि सिफारिस गरिने छैन ।

(६) उपनियम (५) बमोजिम सिफारिस प्राप्त भएमा निजले पेश गरेको विद्यालय विकास प्रस्तावमा लेखिएका सूचकहरु समयबद्ध रुपमा पूरा गर्ने कार्यदक्षता करार गरी समुदायद्वारा सञ्चालित विद्यालय भए व्यवस्थापन समिति आफैंले त्यस्तो उम्मेदवारलाई प्रधानाध्यापकमा नियुक्ति गर्नेछ र अन्य सामुदायिक विद्यालय भए त्यस्तो उम्मेदवारलाई प्रधानाध्यापकको पदमा नियुक्तिको लागि आवश्यक कागजात सहित जिल्ला शिक्षा कार्यालयमा लेखी पठाउनु पर्नेछ । (छैठौं संशोधनद्वारा संशोधित)

(७) उपनियम (६) बमोजिम लेखी आएमा जिल्ला शिक्षा अधिकारीले निजले पेश गरेको विद्यालय विकास प्रस्तावमा लेखिएका सूचकहरु समयबद्ध रुपमा पूरा गर्ने कार्यदक्षता करार गरी पन्ध्र दिनभित्र सम्बन्धित उम्मेदवारलाई प्रधानाध्यापक पदमा नियुक्ति गर्नेछ ।

(८) प्रधानाध्यापकको पदावधि पाँच वर्षको हुनेछ र निज पुनः सो पदमा नियुक्त हुन सक्नेछ ।

(९) प्रधानाध्यापकले आपूmले गरेको कार्यदक्षता करार बमोजिम काम नगरेको वा निजको कार्य सन्तोषजनक नभएको वा निजको आचरण खराब रहेको कुरा सम्बन्धित निरीक्षकले दिएको प्रतिवेदन र व्यवस्थापन समितिको सिफारिसबाट देखिएमा जिल्ला शिक्षा अधिकारीले निजलाई प्रधानाध्यापकको पदबाट जहिलेसुकै हटाउन सक्नेछ । तर समुदायद्वारा सञ्चालित विद्यालयको प्रधानाध्यापकको हकमा उल्लेखित आधारमा व्यवस्थापन समिति आपैmले हटाउन सक्नेछ ।

(१०) उपनियम (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम प्रधानाध्यापकलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिव मौकाबाट बञ्चित गरिने छैन ।

(१२) सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये वरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ । तर कुनै विद्यालयमा एकभन्दा बढी तह भएमा माथिल्लो तहको वरिष्ठतम शिक्षकले निमित्त भई काम गर्नेछ ।

(१३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संस्थागत विद्यालयको व्यवस्थापन समितिले प्रधानाध्यापकको नियुक्ति गर्दा छुटृै प्रक्रिया निर्धारण गरी नियुक्ति गर्न सक्नेछ ।

(१४) उपनियम (१३) बमोजिम प्रधानाध्यापक नियुक्ति गर्दा जुन तहको विद्यालय हो सोही तहमा अध्यापन गराउन चाहिने न्यूनतम शैक्षिक योग्यता भएको शिक्षकलाई मात्र प्रधानाध्यापकको पदमा नियुक्ति गर्नु पर्नेछ ।

(१५) प्रधानाध्यापकको उम्मेदवार हुने शिक्षकले यस नियम बमोजिम व्यवस्थापन समिति समक्ष पेश गर्ने विद्यालय विकास प्रस्ताव अनुसूची–१३क. को ढाँचामा तयार गर्नु पर्नेछ ।

(१६) यस नियममा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको शैक्षिक योग्यता पूरा गरी यो नियम प्रारम्भ हुँदाका बखत कार्यरत प्रधानाध्यापकले व्यवस्थापन समिति मार्फत शिक्षक छनौट समितिमा पेश गरेको विद्यालय विकास प्रस्ताव स्वीकृत भएमा निज नियुक्ति हुँदाका बखत तोकिएको शर्तको अधीनमा रही उपनियम (८) बमोजिमको अवधिसम्म प्रधानाध्यापक पदमा कायमै रहनेछ ।

१०. वीरेन्द्रनगर नगरपालिकाले हाल गरेको दरबन्दि मिलान तथा प्रधानाध्यापक व्यवस्थापन सम्बन्धमा झष्क अनुसार गरेको अभ्यास र अन्तिम निर्णय आफैंमा बाझिएको छ, २०७८ को विद्यार्थी भर्ना संख्यालाई आधार बनाउनु अवैज्ञानिक छ । जुन यस प्रकार छ ।

वीरेन्द्रनगर नगरपालिकाबाट IEMIS अनुसार विद्यालयबाट झिक्ने र थप्ने शिक्षकको विवरण र हाल दरबन्दि मिलान गरेको विवरणको तुलनात्मक अध्ययन
क्र संत्र वडा न विद्यालयको नाम हालको दरबन्दि मिलान IEMIS अनुसार प्राथमिक तहको थप्ने र झिक्ने दरबन्दि IEMIS अनुसार निमावि IEMIS अनुसार मावि
झिकेका दरबन्दि थपिएका दरबन्दि झिक्ने दरबन्दि थप्ने दरबन्दि पुलमा रहने रबन्दि
1 1 श्री त्रिपुरेश्वर मावि ढोडेखाली
2 1 श्री दिपमाला प्रावि आँपडाली
3 1 श्री ने रा प्रा वि धारापानी
4 1 श्री सरस्वती प्रावि बाङ्गेसिमल
5 2 श्री आनन्द मावि कृष्णगञ्ज
6 2 श्री ने रा प्रावि फलाँटे
7 2 श्री प्रभात मावि कोलडाँडा
8 2 श्री सरस्वती मावि रागसपाइला
9 3 श्री जगन्नाथ प्रावि मसुरीखेत
10 3 श्री हरिडिलभुमी तातापानी
11 4 श्री छवी प्रावि कालागाउँ
12 4 श्री भैरव मावि भैरवस्थान
13 5 श्री नेरा मावि चिसापानी
14 6 श्री जन मावि वीरेन्द्रनगर
15 6 श्री जुनतारा प्रावि खोर्के
16 6 श्री नेरा मावि वीरेन्द्रनगर
17 7 श्रीकृष्ण साधारण मावि इत्राम
18 8 श्री नेरा मावि खजुरा
19 8 श्री बालमन्दिर प्रावि आवासक्षेत्र
20 8 श्री सिद्धबहिरा बालकको स्कुल
21 9 श्री कोपिला मा वी पर्सेनी
22 9 श्री नेरा आवि चाँदनीचौकी
23 9 श्री शिव मा वी लाटीकोइली
24 10 श्री गंगा माला आवि पिपिरा
25 10 श्री जन चेतना प्रा वी सानोसुर्खेत
26 10 श्री जनसेवा मा वी घुस्रा
27 10 श्री नेरा आवि बामेखोला
28 10 श्री मंगलगढी प्रा वि दीपनगर
29 10 श्रीमदरसा मदिना मा वी बेलघारी
30 11  श्री शिव मावि धुलियाबिट
31 11 श्री काँक्रे बिहार प्रा वि चारकुने
32 11 श्री कालिका प्रा वि सुब्बाकुना
33 11 श्री नेरा चन्द्र गंगा मावि गग्रेताल
34 12 श्री अमर ज्योति मा वी नेवारे कट्ने १
35 12 श्री जनजागृत प्रावि पदमपुर
36 12 श्री जनता प्रावि खोरिया
37 12 श्री सरस्वती प्रा वि चनौटे
38 12 श्री सरस्वती प्रावि गर्गरे
39 12 श्री हस्तबिर आबी चनौटे
40 13 श्री नेरा प्रा वि जामुनडाँडा
41 13 श्री नेरा मा वी करैखोला
42 13 श्री नेरा मावि नलखोला
43 13 श्री सरस्वती आवि गुमानटार
44 14 श्री गंगा आवि दर्नाकोट
45 14 श्री नेपाल राष्ट्रिय प्रा वि राम्चे
46 14 श्री भैरव आवि राम्रीकाँडा
47 14 श्री महाकाली प्रावि सालडाँडा गढी
48 14 श्री सिद्ध मावि गढी कट्ने १ थपिने १
49 15 श्री चन्द्र ज्योति प्रावी हरिसकाटे
50 १३ श्री नेरा प्रा वि पाँचघरे
51 15 श्री नेरा मा वी परेगाउँ
52 15 श्री नेरा मावि रतु देवीस्थान
53 15 श्री मनकामना प्रा वि काफलटाकुरा
54 15 श्री शिव प्रा वि झ्याल्सेखोला
55 15 श्री सरस्वती प्रा वि भालुखोला
56 16 श्री आदर्श मा वी मेहेली कट्ने १ कट्ने १
57 16 श्री कालिका प्रावि भित्री खोला
58 16 श्री विश्वकाली आवि सानिलेख
59 16 श्री सरस्वती प्र वि लेहेडा
60 16 श्री सूर्य आवि गर्पन
जम्मा ८८ ८८ ३० १३ ७१
रिक्त प्रावि राहत श्री सिद्ध मावि गढी
रिक्त मावि अनुदान श्री भैरव मावि भैरवस्थान
रिक्त मावि अनुदान श्री जनसेवा मावि घुस्रा
रिक्त मावि राहत श्री जनसेवा मावि घुस्रा
रिक्त प्राथमिक श्री चन्द्रगंगा मावि गाग्रेताल
रिक्त प्राथमिकत श्री नेरा प्रा वि जामुनडाँडा
रिक्त प्राथमिक श्री नेरा प्रावि धारापानी
रिक्त प्राथमिक श्री भैरव आवि राम्रीकाँडा

११. शिक्षक दरबन्दी मिलान तथा सरुवा गर्दा एउटै शिक्षकलाई एक वर्ष भित्र नै अनियमित रुपमा सरुवा गरिएको छ ।

१२. वीरेन्द्रनगर नगरपालिकाको विद्यालय समायोजन, दरबन्दी मिलान एवं प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०८२ को बारेमा नगर कार्यपालिकाको मिति २०८२ श्रावण

२८ गतेको बैठकमा कार्यपालिका सदस्यहरु धु्रव चपाँई, दिनेश खत्री, दिपक कोइराला, जनक रावल र कृष्ण थापाले संशोधन का लागि असहमति सहित पेश गर्दा समेत एकलौटी रुपमा उक्त कार्यविधि पारित गरिएको हो ।

१३.हिजो मिति २०८२ कार्तिक १८ गतेको दिन वार्ताका लागि हाम्रो वार्ता टोली तोकिएको समयमा नै नगरपालिकाको परिसर भित्र पुगीसक्दा नगरपालिकाको तर्फबाट तालाबन्दी खोले पछि मात्र बार्ता गर्ने भनी शर्त राखिएको कारण वार्ताको वातावरण सहज हुन सकेन । वार्ताको लागि पुनः आव्हान नगरी नगरपालिकाले पत्रकार सम्मेलन गरेको कारण हाम्रो वर्ता टोली बाहिरिएको हो ।

सुरेन्द्र बहादुर रावत
अध्यक्ष
नेपाल शिक्षक संघ
जिल्ला कार्य समिति सुर्खेत

 

प्रतिक्रिया