EduPress
'

त्रिवि तेस्रो सामाजिक व्यवसाय प्रविधि प्रदर्शनी सम्पन्न

Author Image
शुक्रवार, कार्तिक २८, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (SOMTU), किर्तिपुरले आयोजना गरेको तेस्रो सामाजिक व्यवसाय प्रविधि प्रदर्शनी (एक्स्पाे) सम्पन्न भएको छ।

प्रदर्शनीमा विद्यार्थी आविष्कारक, महिला उद्यमी, सामाजिक उद्यमी र सामुदायिक व्यवसायसहित विविध समूहले आफ्ना सिर्जनात्मक योजनाहरू प्रस्तुत गरेका थिए। त्रिवि व्यवस्थापन संकाय अन्तर्गत एमबीएको औं ब्याच र MBA FC २औं ब्याचले संयुक्त रूपमा आयोजना गरेको थियो ।

“Innovate, Connect and Grow” थिममा आयोजित कार्यक्रमको उद्घाटन त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसेले रिबन काटेर गरेका थिए। प्रदर्शनीमा विभिन्र प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए । त्यसमध्ये ‘ग्रीन आर्मी’ को आकर्षक प्रस्तुतिले कार्यक्रममा निकै उत्साह थपेको थियो ।

प्रदर्शनीमा विद्यार्थी, उद्यमी र मिडिया प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकका अनुसार एकहजार भन्दा बढी विद्यार्थीहरूले सहभागी भइ यसबाट लाभ लिएका छन् । प्रदर्शनीमा करिब २० वटा स्टल राखिएका थिए । जसले दिगो र नवीन व्यवसायिक अवधारणाहरू प्रस्तुत गरेका थिए । यसले युवा उद्यमशीलताको ऊर्जा र सामाजिक परिवर्तनप्रतिको प्रतिबद्धता झल्काएको थियो ।

यस एक्स्पोमा सबैभन्दा महत्वपूर्ण विशिष्ट वक्ताहरूको सहभागितामा प्यानल छलफल रहेको थियो । उक्त प्यानल छलफल कार्यक्रममा किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्याल, ब्ध्क् एम्बेसडर अञ्जनी फुयाल र इन्डस्ट्रियल इन्टरप्राइज डेभलपमेन्ट लिमिटेडका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रहेका थिए । छलफलमा जमानतमुक्त ऋण, साना उद्योगहरूका लागि डिजिटल रूपान्तरण, तथा व्यावहारिक शिक्षाले राष्ट्रिय विकासमा पार्ने योगदानबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरिएको थियो ।

सो क्रममा प्रा। डा। चालिसेले प्रदर्शनीको उद्देश्य र प्रभावको प्रशंसा गर्दै शैक्षिक कार्यक्रमलाई उद्योगसँग घनिष्ठ रूपमा जोड्न सके मात्र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिने बताए ।

दिगो व्यवसाय, उद्यमशील सिकाइ र उद्योग–शिक्षा सहकार्यलाई प्रवर्द्धन गर्ने प्रभावकारी मञ्चका रूपमा प्रदर्शनीले महत्वपूर्ण छाप छोडेको आयोजकले जनाएका छन्।

एक्स्पोको समापन सत्रमा कार्यक्रम संयोजक रविन भण्डारीले सम्पूर्ण प्रदर्शक, सहभागी, अतिथि, प्रायोजक र त्रिवि व्यवस्थापन संकाय परिवारलाई एक्स्पोको सफलताका लागि योगदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया