EduPress
'

मध्यपश्चिम विश्वविद्यालयको योजना परिषद् बैठक सम्पन्न

Author Image
शुक्रवार, मंसिर ५, २०८२
Text Size:

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को बैठक बिहीबार वीरेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भयो।

उपकुलपति तथा परिषद्का अध्यक्ष प्रा. डा. ध्रुवकुमार गौतमकाे अध्यक्षतामा बसेकाे बैठकले पाँच वर्षे रणनीतिक योजना छिटो टुंग्याउन उपसमितिहरूलाई आवश्यकतानुसार समायोजन गर्ने निर्णय गरेकाे छ ।

बैठकमा उपकुलपति गौतमले कार्यप्रक्रियामा देखिने ढिलाइप्रति ध्यानाकर्षण गराएका थिए । उनले परिणाम नै उपलब्धि भएकाले योजना मंसिरभित्रै तयार पार्न निर्देशन समेत दिएकाे स्राेतले जनाएकाे छ । डीन र निर्देशकहरूलाई चार–चार महिनामा कार्यसम्पादन प्रतिवेदन पावरपोइन्टमार्फत प्रस्तुत गर्न पनि उनकाे निर्देशन थियाे ।

त्यसैगरी रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले प्रस्तावबारे आफ्नो धारणा राख्दै कर्मचारी बढुवा र वृत्ति विकास प्रक्रियालाई दीर्घकालसम्म सम्झनलायक हुने गरी अघि बढाउने बारे छलफल भएकाे बताएका छन ।

बैठकमा कार्यकारी निर्देशक तथा सदस्य सचिव डा. विष्णुकुमार खड्काले निर्माणाधीन भवनहरूको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए। पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक रहेका उनले मंसिरभित्र योजनाको प्रारूप अन्तिम गर्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा डीन, कार्यकारी निर्देशक, प्रशासन तथा लेखा अधिकृतहरू सहभागी थिए।

प्रतिक्रिया