ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले शिक्षक स्थानीय भत्तासम्बन्धी प्रावधानमा उत्पन्न भएको दुविधा हटाइदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग जानकारी माग गरेको छ।
गाउँपालिकाले शिक्षक स्थानीय भत्ताका लागि छुट्टै बजेट विनियोजन नभए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२/८३’ मा स्थानीय भत्ता उपलब्ध हुने व्यवस्था उल्लेख भएकाले स्पष्ट मार्गनिर्देशन आवश्यक भएको भन्दै पत्र लेखेकाे हाे ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ मेन्याङ्वो लिम्बूले केन्द्रलाई पत्र पठाउँदै, ‘यदि शिक्षकले स्थानीय भत्ता पाउँछन् भने त्यसका मापदण्ड, प्रक्रिया तथा बजेट मागदाबीको तरिका के हुन्छ भन्ने विषयमा विस्तृत जानकारी दिन अनुरोध गरेका छन्।
स्थानीय तहमा कार्यरत शिक्षकहरूले भत्ता तथा कार्यविधिमा उल्लिखित व्यवस्थाबारे प्रश्न उठाएपछि गाउँकार्यपालिकाले केन्द्रसँग लिखित सोधपुछ गर्ने निर्णय गरेको हो। साेही निर्णय वमाेजिम पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिम्बुले पत्र लेखेका हुन् ।
हेर्नुहाेस् यस्ताे छ पत्र



