EduPress
'

हिसान तारकेश्वर फुटसल टुर्नामेन्ट २०८२ प्रारम्भ

Author Image
शनिवार, मंसिर ६, २०८२
Text Size:

काठमाडौँ। सेक्रेट हार्ट माध्यमिक विद्यालयको संयोजनमा आयोजना गरिएको हिसान तारकेश्वर ब्वाइज एण्ड गर्ल्स फूटसल प्रतियोगिता २०८२ मंसिर ५ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ।

सेक्रेट हार्ट विद्यालयको फुटसल मैदानमा बिहान ९ बजे उद्घाटन गरिएको प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालन गरिरहेका हिसान–आवद्ध विद्यालयका टिमहरूको सहभागिता रहेको छ। प्रतियोगितामा छात्र समूहका ८ टिम र छात्रा समूहका ७ टिम प्रतिस्पर्धामा उत्रिएका छन्। पहिलो दिन लिग चरणका २१ खेल सम्पन्न भएको आयोजक संस्थाले जानकारी दिएको छ।

छात्र समूहमा कौशल माध्यमिक विद्यालय र प्रारम्भ वर्ल्ड स्कूल विजयी हुँदा सिर्जना ज्ञानसागर माध्यमिक विद्यालय र ल्याण्डमार्क एकेडेमी उपविजेता बनेका छन्।

छात्रा समूहतर्फ प्रारम्भ वर्ल्ड स्कुूल र ल्याण्डमार्क एकेडेमी विजयी बनेका छन्। त्यस्तै लालिगुराँस नेशनल एकेडेमी र हिम रश्मि उपविजेता बनेका छन्।

कार्यक्रम संयोजक तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टका अनुसार सेमिफाइनल र फाइनलका खेलहरू मंसिर ६ गते बिहान ११ बजेदेखि तारकेश्वर–४, शेषमतीस्थित विद्यालयको फुटसल मैदानमा सञ्चालन हुनेछन्।

फाइनल खेलपछि पुरस्कार वितरण कार्यक्रम जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख डा. समन्तमणि आचार्यको प्रमुख आतिथ्यतामा शनिबार दिउँसो २ बजे हुने बताइएको छ ।

‘सर्वाङ्गीन विकासको एउटा पक्ष-खेलकुद’ भन्ने मूल उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीलाई अनुशासित, सहयोगी र सक्षम बनाउने आयोजक हिसान तारकेश्वरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर