EduPress
'

शिक्षकको कुटाइबाट दुई छात्रा गम्भीर घाइते, अस्पतालमा उपचार हुँदै

Author Image
मङ्गलवार, मंसिर ९, २०८२
Text Size:

बाँके । शिक्षकको कुटाइबाट बाँकेको एक विद्यालयका दुई जना छात्रा गम्भीर घाइते भएका छन् । घाइते छात्राहरुलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

बाँकेको भुवर भवानी मा.वि. बिनौनामा कक्षा १० मा अध्ययनरत ५ जना छात्रामाथि सोही विद्यालयका शिक्षकले कुटपिट गरेका हुन् । ५ जना विद्यार्थीमध्ये दुई जना छात्रा गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा कक्षा १० की छात्राहरु प्रज्ञा थारु र धर्मा पुन रहेकी छन् । भेरी अञ्चल अस्पतालले उनीहरुको उपचार चलिरहेको र सबै रिपोर्ट आएपछि उनीहरुको अवस्थाबारे भन्न सकिने जनाएको छ ।

छात्राहरुलाई कुट्ने शिक्षक असर्फी थारु हुन् । रिसले आगो भएर आएका शिक्षक असफीले विद्यालयको आँगनमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई लठ्ठीले कुटेको विद्यार्थीका अभिभावकले जानकारी दिएका छन् । उनले यसअघि पनि धेरै पटक विद्यार्थीहरुमाथि कुटपिट गर्ने गरेको बुझिएको छ ।

पीडित अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारवाही गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खबर