EduPress
'

मध्यपश्चिम विश्वविद्यालयमा अदालती अभ्यास प्रतियोगिता सम्पन्न

Author Image
बुधवार, मंसिर १७, २०८२
Text Size:

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रथम अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ ।
मंसिर १५ र १६ गते सञ्चालन भएको प्रतियोगिता ११ वटा समूहले भाग लिएका थिए । प्रत्येक समूहमा चारचार जना विद्यार्थी सामेल भएका थिए । प्रतियोगितामा समूह एफएसयु १११ विजेता बनेको छ भने समूह एफएसयु ११५ उपविजेता अर्थात दोस्रो भएको छ । त्यसैगरी समूह एफएसयु ११९ तृतीय र समूह एफएसयु १२४ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट वक्ताको उपाधी सञ्जु विश्वकर्मा र उत्कृष्ट बहस नोटको उपाधी समूह एफएसयु १२१ ले प्राप्त गरेका छन।

प्रतियोगितामा अभ्यास अदालतको इजलासमा मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ लका डीन प्रा. डा. विनोद वस्याल, परीक्षा व्यवस्थापन प्रमुख एवम् स्कूल अफ लका संस्थापक कार्यक्रम निर्देशक सहप्रा.डा. अर्जुनबहादुत ऐडी, उच्च अदालत सुर्खेतका अधिकृत निशा फुयालले न्यायाधीशको भूमिका निर्वाह गरी मुल्याङकन गरेका थिए ।

प्रतियोगिताका विजेता छात्रछात्राहरुलाई जिल्ला अदालत सुर्खेतका न्यायाधीश बसन्तराज जोशीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको समापनमा ग्र्याजुएट स्कुल अफ लका डीन प्रा.डा. बस्याल, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्कासहित स्कूल अफ ल का प्राध्यापकहरु, उच्च अदालतका अधिकृत फुयाल र विश्वविद्यालयका प्रशासन अधिकृत शेरबहादुर केसी, हरि शर्मा लगायतले पनि पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया