EduPress
'

दाङकी रक्षा बनिन २० वर्षमै प्रधानाध्यापक

Author Image
बिहिवार, मंसिर १८, २०८२
Text Size:

दाङ । दाङको एक विद्यालयमा २० वर्षकै उमेरमा शिक्षिकाले प्रधानाध्यापकको जिम्मेवारी पाएकी छन् । राजपुर गाउँपालिका वडा नं. ३ भैसहवा निवासी रक्षाकुमारी यादव २० वर्षकै उमेरमा विद्यालयको प्रधानाध्यापक भएकी हुन् ।

रक्षाले बबई गाउँपालिका–७ जलजला मलईस्थित सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी पाएकी छन् । अत्यन्तै कम उमेरमा नै शैक्षिक प्रशासनको महत्वपूर्ण जिम्मेवारी पाएपछि यो स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ ।

त्यस क्षेत्रका धेरैले अहिले रक्षाको लगनशीलता, दृढता र कार्यक्षमताको प्रशंसा गरेका छन् । साथै उनलाई युाव नेतृत्वको उत्कृष्ट उदाहरण र विश्वास भन्दै बधाई दिनेको ओइरो लागेको छ । प्रधानाध्यापकको जिम्मेवारी पाएपछि रक्षाले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन् ।

रक्षाको विद्यार्थी जीवन पनि निकै संघर्षपूर्ण थियो । उनी कक्षा ६ देखी कक्षा १२ सम्म एक संस्थाको सहयोगमा पढेकी थिइन । क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपि नेपाल) नामक संस्थाले रक्षाको ६ देखि १२ कक्षासम्म सहयोग गरेको थियो ।

शिक्षा सेवा आयोगमा नाम निकालेर औपचारिक रूपमा शिक्षक बनेकी रक्षाले छोटो समयमा कडा मेहनत, लगन र नेतृत्व क्षमता प्रदर्शन गरेर प्रअ बनेकी हुन् । उनको क्षमता र सफलताकाे विद्यालयदेखि समुदायसम्म चर्चा हुने गरेकाे छ । उनी युवाहरूका लागि प्रेरणाको उदाहरण बनेकी छिन्। विद्यालयका अभिभावक र जिल्लाका सरोकारवालाहरुले उनको नयाँ जिम्मेवारीको प्रशंसा गरेका छन् । सामुदायिक विद्यालयमा युवा नेतृत्व बढ्दै जाँदा यसले शिक्षा क्षेत्रमा नयाँ ऊर्जा, नयाँ सोच र सकारात्मक परिवर्तन आउने विश्वास पनि अभिभावकहरुले व्यक्त गरेका छन् ।

प्रतिक्रिया