EduPress
'

त्रिवि उपकुलपति प्रा.डा. अर्यालद्वारा आङ्गिक क्याम्पसको अनुगमन

Author Image
शनिवार, मंसिर २७, २०८२
Text Size:

चितवन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले शुक्रबार मध्य नेपालमा आङ्गिक क्याम्पसका रूपमा स्थापित वीरेन्द्र बहुमुखी क्याम्पसको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उपकुलपति अर्यालले क्याम्पसको शैक्षिक गतिविधि तथा भौतिक पूर्वाधारको वर्तमान अवस्थाबारे जानकारी लिँदै समग्र त्रिवि प्रणालीमा नीतिगत सुधारका लागि पहल गर्ने बताएका छन् । उनले क्याम्पसको शैक्षिक उन्नयनका लागि सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख डा. प्रेमसागर भण्डारी, सहायक क्याम्पस प्रमुख टिकाराम रिजाल, प्राध्यापक संघ एकाइ समितिका सभापति सूर्यनारायण पौडेल, कर्मचारी संघ एकाइ समितिका सभापति सन्तप्रसाद ढुड्डाना, अर्थशास्त्र विभागका प्रमुख दीपक रेग्मी, क्याम्पस कार्यसमितिका सदस्य थानेश्वर सापकोटा, व्यवस्थापन विभागका प्रमुख दामोदर पौडेललगायतले क्याम्पसको समग्र अवस्था, प्राध्यापक तथा कर्मचारीहरूको समस्या र सेवासुविधासम्बन्धी विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया