EduPress
'

त्रिवि दीक्षान्त समारोहको तयारी तीब्र

Author Image
शुक्रवार, पौष ३, २०८२
Text Size:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष १६ हजारभन्दा बढी विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गर्ने तयारी तीव्र बनाएको छ। आगामी १० पुसमा हुने दीक्षान्त समारोहलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित विश्वविद्यालय व्यवस्थापन तयारीको अन्तिम चरणमा पुगेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत त्रिविले दीक्षान्त समारोहको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो। विश्वविद्यालयका अनुसार यसपटक दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी सहभागी हुनेछन्।

यस वर्ष स्नातकदेखि पिएचडी तहसम्म गरी कुल ८९ हजार १९९ विद्यार्थी उत्तीर्ण भए पनि दीक्षान्त समारोहमा सहभागी हुन फारम भर्नेको संख्या अपेक्षाकृत कम रहेको त्रिविले जनाएको छ। फारम भरेका विद्यार्थीमध्ये स्नातक तहका विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको छ।

त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तह उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुने बताए। समारोहलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनेतर्फ विश्वविद्यालय केन्द्रित रहेको उनको भनाइ छ।

त्रिविले दीक्षान्त समारोहलाई विश्वविद्यालयको शैक्षिक उपलब्धि र विद्यार्थीको मेहनतको औपचारिक सम्मानका रूपमा लिँदै आवश्यक सबै प्रबन्ध मिलाइएको जनाएको छ।

प्रतिक्रिया