EduPress
'

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष पदमा १३ जनाको दाबी

Author Image
शनिवार, पौष २५, २०८२
National-Examination-Board
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि १३ जनाले आवेदन दिएका छन्। सरकारद्वारा गठित सिफारिस समितिले दरखास्त आह्वान गरेपछि शिक्षाक्षेत्रका अनुभवी व्यक्तिहरूको उल्लेख्य सहभागिता देखिएको हो।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित सिफारिस समितिका अनुसार आवेदन दिनेहरूमध्ये त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, शिक्षा मन्त्रालयका पूर्वप्रशासक तथा बोर्डमै कार्य अनुभव भएका पूर्वअधिकारीहरू रहेका छन्।

समितिका अनुसार मोरङका जगतकृष्ण पोखरेल, दाङका राजेन्द्रकुमार पोखरेल, अर्घाखाँचीका बाबुराम खनाल र अच्युत ज्ञवाली, तनहुँका रामचन्द्र पाण्डे र लक्ष्मीराम पौडेल, बर्दघाट सुस्ता पश्चिमका दुर्गाप्रसाद अर्याल, गुल्मीका तुलसीराम भण्डारी, डडेलधुराका पुष्पराज जोशी, रौतहटका घनश्याम ठाकुर, ललितपुरका कृष्णप्रसाद आचार्य, स्याङ्जाका भोजराज शर्मा काफ्ले तथा राजेन्द्रप्रसाद चापागाईंले अध्यक्ष पदका लागि दरखास्त दिएका छन्।

निवर्तमान अध्यक्ष महाश्रम शर्माको चार वर्षे कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो। समितिले आवेदनकर्तामध्येबाट संक्षिप्त सूची सार्वजनिक गरी बाँकी चरण अघि बढाइने जनाएको छ।

सिफारिस समितिमा पूर्वसचिव देवकुमारी गुरागाईं र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामेश्वर अधिकारी सदस्य रहेका छन्। आवेदकहरूको अवधारणापत्र, व्यावसायिक कार्ययोजना, प्रस्तुतिकरण र अन्तर्वार्ताको मूल्यांकनपछि योग्य व्यक्तिको नाम सरकारलाई सिफारिस गरिने समितिले स्पष्ट पारेको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन र व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर