EduPress
'

शिक्षामन्त्रीबाट राजिनामा दिएका महावीर पुनले म्याग्दीबाट दिए उम्मेदवारी

Author Image
मङ्गलवार, माघ ६, २०८२
Text Size:

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले जिल्ला निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएसँगै उनको राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश गरेको छ।

स्रोतका अनुसार पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पेस गरेका थिए। आजै मन्त्री पद त्यागेपछि उनी प्रत्यक्ष रूपमा निर्वाचन मैदानमा उत्रिएका हुन्।

पुनको स्वतन्त्र उम्मेदवारीपछि स्थानीय राजनीतिक वृत्तमा समर्थनको क्रम सुरु भएको छ। एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष माइलन पुर्जाले पुनको उम्मेदवारीलाई सार्वजनिक रूपमा समर्थन गरेका छन्। पुर्जाले यसअघि म्याग्दीमा एमालेभित्र युवा नेतृत्व अघि सार्नुपर्ने धारणा व्यक्त गर्दै आएका थिए।

यस्तै, महावीर पुनको उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समर्थन गर्ने तयारी गरेको बताइएको छ। स्वतन्त्र उम्मेदवारको रूपमा पुनले पाएको दलगत समर्थनले म्याग्दीको चुनावी समीकरणलाई रोचक बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर