EduPress
'

त्रिभुवन विश्वविद्यालय लगातार तेस्रोपटक च्याम्पियन

Author Image
आइतवार, माघ २५, २०८२
Text Size:

जगत वाशिष्ठ

काठमाडौं । तेस्रो विश्वविद्यालय कप राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रोपटक च्याम्पियन बन्न सफल भएको छ। प्रतियोगितामा समग्र रूपमा १८ स्वर्ण, ६ रजत र १ कास्य पदक जित्दै त्रिभुवन विश्वविद्यालयले प्रतिष्ठित रनिङ शिल्ड पनि आफ्नो नाममा सुरक्षित गरेको हो ।

एथलेटिक्सतर्फ त्रिविका आदेश कुमार यादवले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण पदक जित्दा अमरनाथ साहले ४०० मिटर दौडमा स्वर्ण हात पारे। सुशील के.सी.ले लङ जम्पमा रजत तथा १०० मिटर दौडमा कास्य पदक जिते। महिला एथलेटिक्सतर्फ रमिता कुमारी थारुले २०० र ४०० मिटर दौडमा स्वर्ण जितिन् भने सिमा कुमारी चौधरीले १०० मिटर र लङ जम्पमा स्वर्ण तथा २०० मिटर दौडमा रजत पदक प्राप्त गरिन्।

ब्याडमिन्टनतर्फ क्षितिज खनालले सिङ्गल र डबल दुवै विधामा स्वर्ण पदक जिते भने दीपेश मुनि बज्राचार्यले सिङ्गलतर्फ रजत पदक हात पारे। महिलातर्फ रसिला महर्जनले सिङ्गल र डबल दुवैमा स्वर्ण जित्दा भावना देवी केदेमले सिङ्गलमा रजत पदक प्राप्त गरिन्।

टेबलटेनिसमा हिमाल बिष्टले सिङ्गल र डबल दुवै विधामा स्वर्ण जिते भने सुजन गडालले सिङ्गलतर्फ रजत पदक हासिल गरे। महिलातर्फ बियन्का राईले सिङ्गल र डबल दुवैमा स्वर्ण जितिन् भने योङ्गी पौडेलले सिङ्गलमा रजत पदक प्राप्त गरिन्।

बास्केटबलतर्फ छात्र र छात्रा दुवै विधामा त्रिभुवन विश्वविद्यालयले स्वर्ण पदक जित्यो। छात्र टोलीमा अमृत कोइराला, निकेश रेखाल मगर, मनीष के.सी. र सुदीप पौडेल क्षेत्री सहभागी थिए भने छात्रा टोलीमा रिन्छेन मोक्तान, सुहाना मल्ल, रोशनी श्रेष्ठ र प्रेडिका महर्जन सहभागी रहेका थिए।

भलिबलतर्फ पनि त्रिभुवन विश्वविद्यालयले स्वर्ण पदक जितेको छ। टोलीमा दीपेन्द्र अवस्थी, नवीन बी.के., सायब बस्याल, लोकेश कुमार खड्का, पुकार गुरुङ, पारस बोहरा, सुरेश मल्ल, अनिश निरौला र सौगात न्यौपाने सहभागी थिए।

विश्वविद्यालयका अनुसार यस सफलतामा यसअघि सम्पन्न त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२, त्यसपछि गरिएको सघन बन्द प्रशिक्षण, खेलाडी छनोट र व्यवस्थापनमा विश्वविद्यालय तथा खेलकुद निर्देशनालयको महत्वपूर्ण भूमिका रहेको छ। लगातार तीन संस्करणमा च्याम्पियन बन्दै त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय खेलकुद क्षेत्रमा आफ्नो वर्चस्व थप सुदृढ बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर