EduPress
'

दैलेखमा विद्यालयमै खुकुरी प्रहार, १६ वर्षीय छात्रको मृत्यु

Author Image
शुक्रवार, माघ ३०, २०८२
Text Size:

दैलेख । दैलेखको दुल्लुस्थित विजया माध्यमिक विद्यालयमा अध्ययनरत एक १६ वर्षीय विद्यार्थीमाथि खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको छ। घाइते अवस्थामा तत्काल उपचारका लागि दुल्लु अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

चक्कु प्रहारबाट कक्षा १० का विद्यार्थी प्रकाश खनालको मृत्यु भएको हो । प्रहरीले प्रारम्भिक सूचना अनुसार प्रेमिकाका विषयमा कुरा उठेर विवाद भएको बुझिएको जनाएको छ । घटनापछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ। विद्यालयका विद्यार्थीहरू आन्दोलित बनेका छन् र दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। आक्रोशित विद्यार्थी तथा स्थानीय बासिन्दाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। दुल्लू नगरपालिका वडा नं २ पानसैनका खनाल दुल्लुकै शान्तिबजारमा परिवारका साथ बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको छ भने संलग्न व्यक्तिको खोजी तथा पहिचान कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि विद्यालयमा शोकको वातावरण छ । स्थानीय जनता हत्याको विरोधमा नाराबाजीमा उत्रिएका छन् ।  प्रशासनले शान्ति-सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर