EduPress
'

पूर्वाञ्चल विश्वविद्यालयमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू

Author Image
शनिवार, फागुन १, २०८२
Text Size:

विराटनगर । मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ।

दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा कुल १९४ वटा अनुसन्धानपत्र प्रस्तुत गरिँदै छन्। कला तथा मानविकी, कानुन र शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, साथै मेडिसिन एन्ड हेल्थ साइन्सेस गरी पाँच फरक विषयगत क्षेत्रअन्तर्गत सत्रहरू आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ।

शैक्षिक अनुसन्धान आदान–प्रदानलाई सुदृढ बनाउँदै विकास नीति, व्यवस्थापन अभ्यास र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा सम्मेलनले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यसबाट विश्वविद्यालयको अनुसन्धान क्षमता र वैश्विक शैक्षिक सम्बन्ध थप मजबुत हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर